रसुवागढी नाकाबाट ८ हजार क्विन्टल प्याज भित्रियो
विदुर खबर
२०७६ पुष ४ गते १९:२०

रसुवा । रसुवागढी नाका हुँदै गत असोजदेखि मंसिरसम्म ८ लाख २३ हजार किलो प्याज आयात गरिएको छ ।
भारतले आयातमा रोक लगाएपछि रसुवागढी नाकाबाट प्याज आयात बढेको हो । यो अवधिमा ४ करोड २२ लाख ६५ हजार बराबरको ८ लाख २३ हजार किलो प्याज आयात भएको रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले जानकारी दिए ।
मंसिरमा सबैभन्दा धेरै ५ लाख ७३ हजार किलो प्याज आएको छ । आव ०७५/७६ मा भारत र चीनबाट गरी १६ करोड ७९ लाख किलो प्याज आयात भएको भन्सार विभागको तथ्यांक छ ।
सम्बन्धित
प्रतिक्रिया