कामका लागि केरुङ आर्कषण बढ्दै

विदुर खबर २०७६ पुष ३ गते २०:३४

रसुवा । भूकम्पपछि चीनसँगको एकमात्र खुल्ला नाका केरुङ रहेकोले सो क्षेत्रमा सबैको आर्कषण बढेको हो ।

Advertisement

माइती नेपाल रसुवाका अनुसार केरुङमा रोगजारीका लागि मात्रै तीनसयभन्दा बढी किशोरीहरु गएका छन । सिमा क्षेत्र नजिक भएपछि खर्च कम लाग्ने, राजधानी नचाहिने र आम्दानी पनि बढी हुने भएपछि केरुङतर्फ महिलाहरु आर्किषित भएका हुन ।

रसुवाको राम्चे, यार्सा, समरथली, भोर्ले, हाकु, थुमन र डाडागायँ लगायतका स्थानका किशोरी बढी मात्रामा केरुङ पुग्ने गरेका छन ।केरुङमा नेपाली महिलाहरुले विशेष गरि होटल, रेष्टुरेन्ट र डान्सबारमा काम गर्ने गरिरहेका छन ।

Advertisement

त्यसबापत उनीहरुले मासिक १५ देखि ३० हजार रुपैयाँसम्म कमाउने गरेको केरुङ पुगेका महिलाहरु बताउँछन ।

प्रतिक्रिया