रसुवागढी जलविद्युत आयोजनाको काम ७१ प्रतिशत सम्पन्न

विदुर खबर २०७६ पुष ३ गते १९:३०

रसुवा । गोसाइकुण्ड गाउँपालिका–२ टिमुरेमा निर्माण भइरहेको रसुवागढी आयोजनाको ७१ प्रतिशत काम सम्पन्न भएको छ ।

Advertisement

आयोजना प्रमुख छवि गैरेका अनुसार सन् २०२० फेबु्रअरी भित्र एक सय ११ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यका साथ आयोजनामा कार्यरत ३० भन्दा बढी प्राविधिक अहोरात्र काममा खटिरहेका छन् ।

रसुवागढी मुनी बाँध बाध्ने, डिसेन्ड पोखरी, बालुवा थिग्य्राउने पोखरी, विद्युत गृह निर्माण को काम अगाडी बढेको छ । चार हजार एक सय ८५ मिटरको हेड रेस सुरुङ भने गत वर्षमा निर्माण सम्पन्न भइसकेको छ । चार वर्षको अवधिमा निर्माण कार्य सम्पन्न गरि राष्ट्रिय प्रसारणमा विद्युत पठाउने लक्ष्यका साथ सन् २०१४ बाट निर्माण कार्य अगाडि बढेको रसुवागढी अवरोध भुकम्पको असर जस्ता विविध कारणले निर्धारित समयमा निर्माण सम्पन्न पुरा नहुने भएको छ ।

Advertisement

आयोजनाको निर्माण लागत १३ अर्व ६१ करोड ४० लाख रहेको छ । सुरुङ भित्र पानी पठाउन बाहिरी सतहको भोटेकोसीमा एउटा बाध रहने र विद्युत गृह बालुवा थिग्य्राउने पोखरीसमेतका सम्पुर्ण संरचना भुमिगत रहने छन् ।

सो आयोजनाबाट बार्षिक ६१ करोड ४० लाख युनिट विद्युत उत्पादन हुने प्राविधिकहरुले बताए । टिमुरेको तातोपानी नजिक थुमन क्षेत्रको आधार इलाकामा रहने विद्युत गृहमा तीन वटा फ्रान्सिस नामको टर्वाइन जडान गर्ने काम भइरहेको छ ।

Advertisement

बाँध बाधिएको स्थल भोटेकोसीदेखी प्रतिसेकेन्ड ८० घनमिटर विद्युत पुग्ने बताइएको छ । आयोजनाको निर्माण स्थल कडा खाले पहाडभित्र रहेका कारण भोटेकोसिमा आउन सक्ने बाढी, भुक्षय, भुकम्प तथा चट्याङ जस्तो कुनै पनि प्राकृतिक प्रकोपले असर नपार्ने प्राविधिकहरुले बताए ।

प्रतिक्रिया