रसुवामा हिमपात शुरु,जनजीवन प्रभावित
विदुर खबर
२०७६ मंसिर २७ गते १८:३५

रसुवा । रसुवाको माथिल्लो क्षेत्रमा हिमपात शुरु भएको छ ।
शुक्रबार देशका विभिन्न स्थानमा पानी परेसँगै रसुवाको आमाछोदिङ्मो तथा गोसाइकुण्ड गाउँपालिकाको विभिन्न स्थानमा हिमपात शुरु भएको स्थानियले बताएका छन ।
रसुवाको लाङटाङ, थुमन, क्यान्जिन,चोलाङपाटी लगायतका स्थानमा वर्षसँग्ै हिमपात शुरु भएका छन । वर्षा र हिमपातसँगै जिल्लाको जनजीजन समेत प्रभावित भएको छ ।
भुकम्पका कारण घर नबनाएका विशेषगरि भुकम्पपिडितहरु चिसोको मारमा परेका छन । चिसोका कारण विशेष गरि वृद्धवृद्धा र बालबालिकाहरु प्रभावित बनेका छन ।
चिसो बढेसँगै स्थानियबासीहरु आगो तापेर बसीरहेका छन । गत वर्या रसुवामा पुस पहिलो साताबाट हिउँ पर्न शुरु भएपनि यो वर्ष मंसिरमै हिउँ पर्न थालेको हो ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया