रसुवालीको रोजगारीको केन्द्रबिन्दु बन्दै केरुङ
विदुर खबर
२०७६ मंसिर २६ गते ७:५९
रसुवा । चिनको केरुङ रसुवावासीको लागि रोजगारीको केन्द्र बन्दै गएको छ ।
भुकम्पपछि चिनसँगको एकमात्र खुल्ला नाका केरुङ रहेकोले सो क्षेत्रमा सबैको आर्कषण बढेको हो । भाइती नेपाल रसुवाका अनुसार केरुङमा रोगजारीका लागि मात्रै तीनसयभन्दा बढी किशोरीहरु गएका छन । सिमा क्षेत्र नजिक भएपछि खर्च कम लाग्ने, राजधानी नचाहिने र आम्दानी पनि बढी हुने भएपछि केरुङतर्फ महिलाहरु आर्किषित भएका हुन ।
रसुवाको राम्चे, यार्सा, समरथली, भोर्ले, हाकु, थुमन र डाडागायँ लगायतका स्थानका किशोरी बढी मात्रामा केरुङ पुग्ने गरेका छन ।केरुङमा नेपाली महिलाहरुले विशेष गरि होटल, रेष्टुरेन्ट र डान्सबारमा काम गर्ने गरिरहेका छन । त्यसबापत उनीहरुले मासिक १५ देखि ३० हजार रुपैयाँसम्म कमाउने गरेको केरुङ पुगेका महिलाहरु बताउँछन ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया