रसुवामा तीन खानेपानी आयोजनाको पुननिर्माण सम्पन्न

रसुवा । रसुवाको नौकुण्ड गाउँपालिका वडा नम्बर ३ र ४ मा रहेका तीन खानेपानी आयोजनाको पुन निर्माण सम्पन्न भएका छन ।
२०७२ सालको भुकम्पबाट ध्वस्त भएका ति आयोजना ६५ लाख ९८ हजार ३ सय रुपैयाँमा पुननिर्माण भएका हुन । आयोजनाको पुन निर्माणसँगै स्थानियबासी सफा र स्वस्च्छ खानेपानी प्यउुन पाउने भएपछि हर्सित भएका छन ।भूकम्पले आयोजनामा क्षति गरेपछि आधा घण्टासम्म हिँडेर पानी ल्याउनुपर्ने बाध्यता रहेकोमा अहिले त्यो समस्या हटेको पक्युङ देउरालिडाँडा खानेपानी उपभोक्ता समितिका अध्यक्ष मानबहादुर ग्याबाले बताए ।
‘भूकम्प गएपछि खानीपानीको समस्या आएको हो’, उनले भने, ‘अहिले यसको समाधान भइसकेको छ ।’ आयोजनामा क्षति पुगेपछि पानी नियमित आउन छाडेको थियो । अहिले गाउँमा एक घर एक धारा निर्माण गरिएको छ ।भूकम्पका कारण क्षति भएको आयोजना पुनर्निर्माण गरेर घरघरमा पानी पु¥याएसँगै स्थानीयलाई सहज भएको छ । मानेकार सोसाइटी नेपालले आयोजनाको पुनर्निर्माण सम्पन्न गरेर गाउँपालिकालाई हस्तान्तरण गरेको छ ।
प्रतिक्रिया