रसुवाको बेत्रावतीमा टिम्स चेकपोष्ट स्थापना
रसुवा । टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले पदयात्रा व्यवसायलाई मर्यादित र सुरक्षित बनाउन तथा पदयात्रामा गएका पर्यटकहरुको तथ्याङ्क राख्न रसुवाको बेत्रावती (उत्तरगया गाउँपालिका वडाँ नं. ५) मा पदयात्रा सूचना प्रणाली (टिम्स) चेकपोष्ट स्थापना गरेको छ ।
उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्साल र टानका अध्यक्ष खुमबहादुर सुवेदीको उपस्थितिमा टिम्स चेकपोष्टको उद्घाटन गरिएको टानले आज विज्ञप्तिमार्फत जनाएको छ । बेत्रावती टिम्स चेकपोष्ट आगामी पुस १६ गतेदेखि सञ्चालनमा आउनेछ । बेत्रावती बजार (मैलुङ–स्याफ्रुबेँसी सडक मार्ग तथा सदरमुकाम धुन्चे पासाङल्हामो सडक मार्गको जिरो पोइन्ट) मा टिम्स चेकपोष्ट सञ्चालन गर्न उपयुक्त रहेकाले टिम्स चेकपोष्ट स्थापना गरिएको टानका अध्यक्ष सुवेदीले बताउनुभयो ।
पदत्रामा गएका पर्यटकहरुको तथ्याङ्क राख्न र पर्यटकको सुरक्षा गर्ने उद्देश्यले पदयात्रा सूचना प्रणाली लागू गरेको भन्दै उहाँलले टिम्स नेपाल भरका पदयात्रा क्षेत्रमा लागू गर्न सरकारसमक्ष अनुरोध गर्नुभयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पत्रकार महासंघ नुवाकोटको अध्यक्षमा गजुरेल
महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए





प्रतिक्रिया