रसुवाको बेत्रावतीमा टिम्स चेकपोष्ट स्थापना
		
	
रसुवा । टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले पदयात्रा व्यवसायलाई मर्यादित र सुरक्षित बनाउन तथा पदयात्रामा गएका पर्यटकहरुको तथ्याङ्क राख्न रसुवाको बेत्रावती (उत्तरगया गाउँपालिका वडाँ नं. ५) मा पदयात्रा सूचना प्रणाली (टिम्स) चेकपोष्ट स्थापना गरेको छ ।
उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्साल र टानका अध्यक्ष खुमबहादुर सुवेदीको उपस्थितिमा टिम्स चेकपोष्टको उद्घाटन गरिएको टानले आज विज्ञप्तिमार्फत जनाएको छ । बेत्रावती टिम्स चेकपोष्ट आगामी पुस १६ गतेदेखि सञ्चालनमा आउनेछ । बेत्रावती बजार (मैलुङ–स्याफ्रुबेँसी सडक मार्ग तथा सदरमुकाम धुन्चे पासाङल्हामो सडक मार्गको जिरो पोइन्ट) मा टिम्स चेकपोष्ट सञ्चालन गर्न उपयुक्त रहेकाले टिम्स चेकपोष्ट स्थापना गरिएको टानका अध्यक्ष सुवेदीले बताउनुभयो ।
पदत्रामा गएका पर्यटकहरुको तथ्याङ्क राख्न र पर्यटकको सुरक्षा गर्ने उद्देश्यले पदयात्रा सूचना प्रणाली लागू गरेको भन्दै उहाँलले टिम्स नेपाल भरका पदयात्रा क्षेत्रमा लागू गर्न सरकारसमक्ष अनुरोध गर्नुभयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
 - २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
 - ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
 - ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
 - ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
 













बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ
नागढुङ्गाबाट लागुऔषधसहित एक जना पक्राउ
१० केजी गाँजासहित एक जना पक्राउ
नुवाकोटमा बैंकर्स क्लब गठन
मन्त्री कुलमान घिसिङ बञ्चरेडाँडा पुगे





प्रतिक्रिया