रसुवाको टिमुरेमा गैरकानूनी सामान बरामद
विदुर खबर
२०७६ मंसिर २३ गते २१:२१
रसुवा । रसुवागढी नाकाबाट गैरकानूनी तवरमा नेपाल भित्र्याई टिमुरेमा लुकाइराखिएका ठूलो परिमाणको सामग्री बरामद भएको छ ।
रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काका अनुसार बरामद भएका सामानमा तयारी कपडा, सिलाइ यन्त्र र सवारी साधनका पुर्जा छन् । टिमुरे क्षेत्रमा सुख्खा बन्दरगाह निर्माणका लागि सरकारले अधिग्रहण गरेका जग्गामा बनेका घरटहरा भत्काउने क्रममा त्यहाँ गैरकानूनी तवरले लुकाइछिपाई राखिएका सामान बरामद भएको बताइएको छ । उक्त सामान सशस्त्र प्रहरी बल भन्सार सुरक्षा तथा राजश्व गस्ती २१ नम्बर गुल्मले बरामद गरेको हो ।
सामान निकाल्ने काम अगाडि बढिसकेको सशस्त्रका प्रहरी नायब उपरीक्षक लक्ष्मण थापाले जानकारी दिनुभयो । सामानको परिमाण र र मूल्य यकिन गर्ने काम भइरहेको भन्सार कार्यालय टिमुरेले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पत्रकार महासंघ नुवाकोटको अध्यक्षमा गजुरेल
महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए





प्रतिक्रिया