रसुवामा संघ र प्रदेशको बजेट बाँडफाँड: सडकलाई प्राथमिकता

विदुर खबर २०७६ मंसिर २१ गते १७:४८

रसुवा  । रसुवामा संघ र प्रदेशबाट आएको बजेट बाँडफाँड भएको छ । एउटा निर्वाचन क्षेत्र र दुईवटा प्रदेशका लागि ५५ वटा कार्यक्रम राखिएको छ । जसमा निर्वाचन क्षेत्र १ ले ३० वटा, प्रदेश ‘क’ ले १३ वटा र प्रदेश ‘ख’ ले १२ योजना परेका छन् ।

Advertisement

यीमध्ये कालिका गाउँपालिकामा निर्वाचन क्षेत्र र दुवै प्रदेशको बजेट समावेश भएको छ । यो पालिका दुवै प्रदेशमा पर्ने भएकाले दुवैले बजेट राखेका हुन । बाँडफाँड गरिएको बजेट अनुसार सामुदायिक भवन निर्माण, सडकको मर्मत तथा स्तरोन्नति, गुम्बा निर्माण, खानेपानी मर्मत प्राथमिकतामा परेका छन् ।

केही स्थानमा सौर्यबत्ती जडान, हेलिप्याड निर्माण, तातोपानी संरक्षण लगायतका योजना पनि राखिएको छ । निर्वाचन क्षेत्रका लागि ६ करोड र दुईवटा प्रदेशमा तीन तीन करोड बजेट आएको छ ।

Advertisement

निर्वाचन क्षेत्र १ अन्तर्गत आएको बजेटमध्ये गोसाइँकुण्डमा ८ वटा योजनाका लागि १ करोड ७५ लाख, नौकुण्डमा ७ वटाका लागि १ करोड ५० लाख, उत्तरगयामा ८ वटा योजनामा १ करोड ५ लाख, कालिकाको ५ वटा योजनामा १ करोड २ लाख ५० हजार, आमाछोदिङ्मो २ वटा योजनामा ६० लाख बजेट विनियोजन भएको छ ।

प्रदेश ‘क’ ले गोसाइँकुण्ड गाउँपालिकामा सबैभन्दा बढी योजना पारेको छ । यसमा ६ वटा योजनाका लागि १ करोड ४० लाख, नौकुण्डमा ५ वटा योजनाका लागि १ करोड ३० लाख, कालिकामा २ वटा योजनाका लागि २६ लाख २५ हजार बजेट छुट्टाएको छ ।

Advertisement

यसैगरी प्रदेश ‘ख’ ले आमाछोदिङ्मो गाउँपालिकामा ६ वटा योजना सञ्चालनका लागि ७६ लाख २५ हजार, कालिकामा ४ वटा योजनाका लागि १ करोड २० लाख, उत्तरगयामा २ वटाका लागि १ करोड बजेट परेको जिल्ला समन्वय समिति रसुवाले जनाएको छ ।

प्रतिक्रिया