रसुवाको लाङटाङमा चौरी पाल्ने कृषक बढे
रसुवा । दुधबाट बन्ने परिकारले राम्रो बजार पाएपछि रसुवाको लाङटाङमा चौरी पाल्ने कृषकको संख्या बढ्न थालेको छ ।
लाङटाङमा रहेको दुग्ध विकास संस्थान अन्र्तगत रहेको चिज उत्पादन केन्द्रले कृषकसँग उनीहरुले उत्पादन गरेको दुधको राम्रो मूल्य र जति उत्पादन गरे पनि लिइदिन थालेपछि चौरी पालकलाई हौसला बढेको छ । उक्त सुविधाकै कारण कृषकको सङ्ख्या बढ्न थालेको छ ।
यहाँ उत्पादन भएको दूध केन्द्रमै खपत हुने, बाँकी दूध चौरी पालन गर्ने कृषकको होटल भएकाले सहज रुपमै बिक्री भइरहेकाले यहाँका किसानलाई बजारीकरणमा समस्या नभएको गोसाइँकुण्ड गापा- ४, थाङ स्याफ्रुका व्यवसायी बाबु तामाङले बताए । भूकम्पले क्षति पुगेको बाटो तथा खर्क पुनर्निमाण हुँदै जाँदा कृषक बढेका हुन् ।
भूकम्प जानु पूर्व लाङटाङ क्षेत्रमा ३० वटा गोठ थिए । गत वर्ष १८ वटा गोठ सञ्चालन भएका थिए । ती गोठमा करिब तीनसय चौरिरहेका थिए । अहिले त्यही क्षेत्रमा २१ वटा गोठ पुगेको छ । जसमा ५० वटा चौरिरहेका छन् ।
साढे चार वर्षअघि भूकम्पका कारण आएको हिउँ पहिरोले लाङटाङका २० जना कृषकको ज्यान गएको थियो, भने चार सयभन्दा बढी याक तथा नाक मरे । खर्क जाने बाटो पहिरोले लग्यो भएका मुहान सुके त्यसपछि कृषकले पेशा परिवर्तन गरेका थिए । भूकम्पपछि लाङटाङमा १० प्रतिशतले मात्र कृषि पेशा अगालेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटका डा. विकास नेपाल वीर अस्पतालको निर्देशकमा नियुक्त
आजको मौसमः पश्चिम क्षेत्रतर्फ मध्यम तथा भारी बर्षा हुने
धादिङको गजुरीमा सुक्खा पहिरो, राजमार्ग अवरुद्ध
बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै
पूर्वनगरप्रमुख खनालको निधनमा बेलकोटगढीमा साेमवार शोक बिदा





प्रतिक्रिया