सागमा नेपालको स्वर्ण संख्या ३५ पुग्यो

विदुर खबर २०७६ मंसिर १९ गते १८:१४

नुवाकोट । काठमाण्डौमा जारी १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपालले स्वर्ण ३५ ओटा स्वर्ण पाएको छ ।

Advertisement

नेपालकी जुनी राईले उसुको सान्सौ विधाको ५६ केजी तौल समूहमा स्वर्ण जितेसँगै नेपालको स्वर्ण संख्या ३५ पुगेको हो ।जुनीले बिहीबार लगनखेलस्थित आर्मी कबर्ड हलमा भएको फाइनलमा श्रीलंकाकी माडुमालीलाई पराजित गर्दै स्वर्ण जितेकी हुन्। तीन राउन्डको प्रतिस्पर्धामा जुनीले सुरूआती दुई राउन्ड नै जितेकी थिइन्।  नेपालले उसुबाट पाएको पाँचौ स्वर्ण हो। यसअघि नेपालले पहिलो दिन मंगलबार २, बुधबार १ र बिहीबार २ स्वर्ण जितेको छ।

योसँगै नेपालको स्वर्ण संख्या ३५ पुगेको छ। बुधबारसम्म २९ स्वर्ण जितेको नेपालले बिहीबार उसुबाट २, साइक्लिङबाट २, पौडी र तेक्वान्दोबाट १-१ जितेको छ।

Advertisement

प्रतिक्रिया