नेपालद्धारा भुटानसामु २ सय ३७ रनको लक्ष्य प्रस्तुत
नुवाकोट । १३ औ साग अन्र्तगत नेपाल र भुटानबीच जारी क्रिकेट म्याचमा नेपालले पहिलो इनिङमा २३६ रनको विशाल स्कोर खडा गरेको छ । यो टि–२० अन्तर्राष्ट्रियमा नेपालको सर्वाधिक ठूलो स्कोर हो ।
नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले विष्फोटक सतक प्रहार गरे । आफ्नो खराब फर्म बिर्सदै ज्ञानेन्द्र कमजोर भुटानमाथि हावी भएका थिए । अन्तर्राष्ट्रिय टि–२० मा यो उनको पहिलो शतक हो । बलमा सतक बनाउँदा उनले ९ छक्का र ५चौका प्रहार गरेका छन् । यसअघि नेपालका लागि एक मात्र टि–२० शतक पूर्व कप्तान पारसको नाममा छ ।
आजको म्याचमा भुटानले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको थियो । नेपालको इनिङ सुरुवात गरेका पूर्व कप्तान पारस र ज्ञानेन्द्रले भुटानी बलरहरुको धज्जी उडाए । पारस २८ बलमा ५७ रन बनाएर आउट भए । तेस्रो नम्बरमा पठाइएका युवा ब्याट्सम्यान रोहित कुमार पौडेलले ६ रन मात्रै बनाउन सके । त्यसपछि दिपृेन्द्र सिंह ऐरीले ज्ञानेन्द्रलाई बलियो साथ दिएका थिए । ज्ञानेन्द्र ५५ बलमा १ सय ७ रन बनाएर आउट भए । ऐरीले २७ बलमा २ छक्का र ४ चौकासहित ४५ रनमा अविजित रहे ।
ज्ञानेन्द्रको शतकीय इनिङको मद्दतमा नेपालले पहिलोपटक टि–२० मा २ सयभन्दा माथिको स्कोर खडा गरेको हो । नेपालले २ सय ५० रन कटाउने सम्भावना देखिएको भए पनि १९ औं र २० औं ओभरमा नेपाली ब्याट्यम्सानले उल्लेख्य रन बटुल्न सकेनन् । अन्तिम दुई ओभरमा नेपालले १७ रन मात्रै बटुलेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया