१३ औं साग क्रिकेट : नेपालले भुटानसँग प्रतिष्पर्धा गर्दै
नुवाकोट । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा आज बिहिबार दुई खेल हुँदैछ ।
किर्तिपुरथित टियु मैदानमा हुने पहिलो खेलमा नेपालले भुटान र दोस्रो खेलमा माल्दिभ्सले श्रीलंका यू-२३ टिमसँग खेल्नेछ ।नेपाल र भुटानको खेलको खेल बिहान ९ बजे सुरु हुनेछ । भुटानविरुद्धको खेल नेपालको लागि पहिलो घरेलु टी-ट्वान्टी अन्तराष्ट्रिय खेल हुनेछ ।
भुटानविरुद्ध मैदान उत्रँदा नेपाल सहज जितको खोजीमा हुनेछ । कमजोर प्रतिद्वन्दी भुटानविरुद्ध अंक जोड्दै नेपाल फाइनल पुग्ने आशा जिवित राख्न चाहन्छ । यसअघि मंगलबार भएको पहिलो खेलमा नेपाल श्रीलंका यू-२३ संग पराजित भएको थियो । त्यसैले फाइनल पुग्न नेपाललाई जितको विकल्प छैन ।
भुटान समेत आफ्नो पहिलो खेलमा श्रीलंका यू-२३ संग पराजित भएको थियो । बुधबार भएको खेलमा भुटान श्रीलंका यू-२३ संग १ सय ७३ रनले पराजित भएको थियो । एक खेलमा एक हार ब्यहोरेको नेपाल अंक तालिकाको तेस्रो स्थानमा रहेको छ भने समान खेलमा समान नतिजा निकालेको भुटान तालिकाको पुछारमा छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











नुवाकोटसहित बागमतीका ६ जिल्लामा तामाङ र नेपाल भाषा प्रयोग विस्तारबारे अभिमुखीकरण
आगामी आर्थिक वर्ष नुवाकाेटकाे कुन स्थानीय तहलाई कति अनुदान ? (सूचीसहित)
रास्वपा बागमती प्रदेश अधिवेशन भोलि, सभापतिमा लामिछाने र अर्यालको प्रतिस्पर्धा
रास्वपा रसुवाको सभापतिमा वसन्त भट्ट निर्वाचित
नुवाकोटका १२ स्थानीय तहमा साढे ३ अर्बको बजेट, कुनलाई कति ? (विवरणसहित)





प्रतिक्रिया