१३ औं साग क्रिकेट : नेपालले भुटानसँग प्रतिष्पर्धा गर्दै

विदुर खबर २०७६ मंसिर १९ गते ९:५०

नुवाकोट । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा आज बिहिबार दुई खेल हुँदैछ ।

Advertisement

किर्तिपुरथित टियु मैदानमा हुने पहिलो खेलमा नेपालले भुटान र दोस्रो खेलमा माल्दिभ्सले श्रीलंका यू-२३ टिमसँग खेल्नेछ ।नेपाल र भुटानको खेलको खेल बिहान ९ बजे सुरु हुनेछ । भुटानविरुद्धको खेल नेपालको लागि पहिलो घरेलु टी-ट्वान्टी अन्तराष्ट्रिय खेल हुनेछ ।

भुटानविरुद्ध मैदान उत्रँदा नेपाल सहज जितको खोजीमा हुनेछ । कमजोर प्रतिद्वन्दी भुटानविरुद्ध अंक जोड्दै नेपाल फाइनल पुग्ने आशा जिवित राख्न चाहन्छ । यसअघि मंगलबार भएको पहिलो खेलमा नेपाल श्रीलंका यू-२३ संग पराजित भएको थियो । त्यसैले फाइनल पुग्न नेपाललाई जितको विकल्प छैन ।

Advertisement

भुटान समेत आफ्नो पहिलो खेलमा श्रीलंका यू-२३ संग पराजित भएको थियो । बुधबार भएको खेलमा भुटान श्रीलंका यू-२३ संग १ सय ७३ रनले पराजित भएको थियो । एक खेलमा एक हार ब्यहोरेको नेपाल अंक तालिकाको तेस्रो स्थानमा रहेको छ भने समान खेलमा समान नतिजा निकालेको भुटान तालिकाको पुछारमा छ ।

प्रतिक्रिया