सागमा नुवाकोटका तीन खेलाडीलाई ३ पदक

विदुर खबर २०७६ मंसिर १७ गते २०:४९

नुवाकोट । काठमाण्डौमा जारी १३ औँ दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा नुवाकोटका तनि खेलाडीले ३ वट्टै पदक पाएका छन ।

Advertisement

प्रतियोगिता अन्तर्गत सोमबार करातेतर्फको खेलमा नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नं. ४ थप्रेककी अनु अधिकारीले स्वर्ण पदक जित्न सफल भइन भने विदुर नगरपालिका वडा नम्बर १३ का कृष्ण तामाङले रजत पदक हात पारेका छन । त्यस्तै तेक्वान्दोकैे पुम्से विधामा विदुर नगरपालिका वडा नम्बर १ त्रिशुलीका रेजिन रिमालले कास्य पदक हात पारका छन ।

नुवाकोटका यी तीन खेलाडीले पदक पप्त गरेसँगै नुवाकोटमा उनीहरुको खेल कौशलको चर्चा हुन थालेको छ । मेडल प्राप्त गरेसँगै उनीहरुलाई सामाजिक संजाल मार्फत जिल्लाका राजनितिक दलका नेता,शिक्षक, नागरिक समाज तथा खेल क्षेत्रका सरोकारवालाहरुले बधाई दिन थालेका छन ।

Advertisement

प्रतिक्रिया