रसुवामा भालुको आक्रमणबाट दुई प्रहरी घाइते
विदुर खबर
२०७६ मंसिर १५ गते १९:५४
रसुवा । रसुवामा भालुको आक्रमणबाट दुई जना प्रहरी घाइते भएका छन्।
आक्रमणबाट जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा रहेको सशस्त्र प्रहरी बल २१ नम्बर गुल्ममा कार्यरत दुई जना प्रहरी घाइते भएका हुन्। खानेपानी पाइप मर्मतका लागि जंगल गएका जिल्लाको नौकुण्ड गाउँपालिका–४ का ३१ वर्षीय सहायक हवलदार बिर बहादुर थिङ र नुवाकोट जिल्लाको सूर्यगढी गाउँपालिका–१ का २५ वर्षीय प्रहरी जवान किरण तामाङलाई भालुले आक्रमण गरेको थियो।
आक्रमणबाट बिर बहादुर थिङ गम्भीर घाइते भएका छन्। उनको टाउको गम्भीर चोट लागेको छ। घाइतेको रसुवागढी जलविद्युत आयोजनामा रहेको स्वास्थ्य क्याम्पमा प्राथमिक उपचार गरिएको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना









नुवाकोटसहित बागमतीका ६ जिल्लामा तामाङ र नेपाल भाषा प्रयोग विस्तारबारे अभिमुखीकरण
आगामी आर्थिक वर्ष नुवाकाेटकाे कुन स्थानीय तहलाई कति अनुदान ? (सूचीसहित)
रास्वपा बागमती प्रदेश अधिवेशन भोलि, सभापतिमा लामिछाने र अर्यालको प्रतिस्पर्धा
रास्वपा रसुवाको सभापतिमा वसन्त भट्ट निर्वाचित
नुवाकोटका १२ स्थानीय तहमा साढे ३ अर्बको बजेट, कुनलाई कति ? (विवरणसहित)





प्रतिक्रिया