केम्पो खुकुरी मार्सल आर्ट नुवाकोटको तदर्थ समिति गठन

विदुर खबर २०७६ मंसिर १३ गते २१:५३

नुवाकोट । नुवाकोटमा नेपाल केम्पो खुकुरी मार्सल आर्ट संघको तदर्थ समिति गठन गरिएकोृ छ ।

Advertisement

शुक्रबार बट्टारमा एक कार्यक्रमको आयोजना गरि संघको तदर्थ समिति गठन गरिएको हो । संघको अध्यक्षमा अध्यक्षमा श्याम अधिकारी चयन भएका छन भने उपाध्यक्षमा दपेशलाल चित्रकार, सचिवमा प्रदिपकुमार भट्ट,कोषाध्यक्षमा रविना थापामगर र सहसचिवमा रिजन प्रधान चयन भएका छन ।

यस्तै सदस्यहरुमा आयुष अधिकारी,रक्षक खनाल,शंखर गजुरेल र भुवनमान डंगोल चयन भएका छन । यससँगै नेपाल केम्पो खुकुरी मार्सल आर्ट संघले ६४ जिल्लामा आफ्नो समिति गठन गरेको जनाकारी दिएको छ ।

Advertisement

प्रतिक्रिया