रसुवामा वन अतिक्रमण बढ्यो
रसुवा । रसुवामा वन क्षेत्रको अतिक्रमण बढ्दै गएको छ । जिल्लामा कुल ३६ दशमलव २७ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको डिभिजन वन कार्यालय रसुवाले जनाएको छ ।
कार्यालयको पछिल्लो तथ्यांकअनुसार बौँसेमा ९०, तातोपानीमा ४८, गोदाममा १४, घ्याङमा ८, नागथलीमा ६ र बाहुनडाँडामा ५ घरधुरीले सात सय २५ दशमलव ५६ रोपनी वन अतिक्रमण गरेर वासस्थान बनाएका छन् । त्यसरी वन क्षेत्र अतिक्रमण गर्नेहरू एक सय ७१ घरधुरी रहेको वन कार्यालयको तथ्यांक छ । २०७२ को विनाशकारी भूकम्पपछि वन क्षेत्रको अतिक्रमण अझै बढे पनि अतिक्रमणको तथ्यांक संकलन गरिएको छैन ।
कर्मचारीको अभावमा पछिल्लो समय अतिक्रमणमा परेका स्थानको पहिचान गर्न समस्या भएको कार्यालय प्रमुख शोभा सुवेदीले जानकारी दिनुभएको छ । रसुवा जिल्लामा ०५१ सालदेखि वन क्षेत्र अतिक्रमणमा परेको स्थानीयले बताएका छन् । वन क्षेत्रबाट अतिक्रमणकारी हटाउन ०६८ सालदेखि अभियान चलाइए पनि प्रभावकारी हुन सकेको छैन । करिब सात वर्षमा प्रचार प्रसारका कार्यक्रम गर्ने र अतिक्रमित क्षेत्र खाली गर्न सूचना टाँस्ने काम मात्रै भएको छ । वन ऐन ०४९ र नियमावली ०५१ अनुसार सामुदायिक वन क्षेत्रमा कुनै पनि संरचना बनाउन पाइँदैन । तर, रसुुवामा ऐन उल्लंखन गरी बर्से्नि वन अतिक्रमण हुँदै आएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













गाेरखामा माइक्राेबस दुर्घटना हुँदा १७ जना घाइते
स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै





प्रतिक्रिया