रसुवामा भालु आंतक,एक्लै हिडडुल नगर्न निकुञ्जको आग्रह

विदुर खबर २०७६ मंसिर ९ गते १८:४७

रसुवा । रसुवाको माथिल्लो भेगमा भालुको आतङक बढेपछि साझ विहान एक्लै हिडडुल नगर्न लाङटाङ राष्ट्रिय निकुञ्ज ले आग्रह गरेको छ ।

Advertisement

भालु साझ पख र राती सक्रिय हुने भएकाले मानव वस्तिमा आतङक मच्चाउने गर्छन ।निकुञ्जका अनुसार वनजङगल मासिदै जानु र वासस्थान अतिक्रमण का कारण ले गर्दा जनावर हरु मानव वस्ती सहजै आउने गर्छन मानव र वन्यजन्तु वीच द्धन्द बढने गर्दछ ।यस्तै यहि कात्तिक १७ गते गोसाइकुण्ड गाउँपालिका ५ तिवारी बाट स्याफ्रुबेशी आउदै गर्दा करिब ५ बजे ताक आङदावा तामाङ गम्भिर घाइते भए उनलाई टाउको र अनुहारमा चोट लागेको छ ।

निरन्तर एकपछि अर्को असोज १० गते सोही गा.पा.६ भिमली मा हरि प्रसाद घिमिरे भालुको आक्रमण मा परे उनि जङगलको बाटो हिडेर सदरमुकाम आउदै थिए ।भालुकै आक्रमण बाट आमाछोदिङमो गा.पा.१ हाकुका मिना तामाङ नौकुण्ड गा.पा.१ यार्साका मेम्बर लोप्चन र बेलकोटगढी नगरपालिका ११ नुवाकोट का प्रकाश तामाङ घाइते भएका छन् ।
भालुले अहिले सम्म १० वटा घर क्षति पु¥याइसकेका छन् भने पछिल्लो समय भालु ाउघरमै पस्ने थालेको छ ।गोसाइकुण्ड गा.पा. ३ वृद्धिम र खाम्जीङमा दिउसै दिनदिनै घरमै आइ दुख दिने गरेको त्यहाँ स्थानियहरुको गुनासो रहेको छ ।जाडी महिना भरि भालु गुफामा बस्द छन्।

Advertisement

क्षतिको राहत सहयोग निर्देशिका को दोस्रो संशोधन २०७४ अनुसार सरकार ले वन्यजन्तु को आक्रमणबाट ज्यान गुमाउने व्यक्तिको परिवार लाई क्षतिपुर्ति वापत बढिमा १० लाख रुपैयाँ सम्म दिने व्यवस्था गरेको र सामान्य घाइतेलाई २० हजार र सख्त घाइतेलाइ प्रकृति हेरी पेस गरेको कागज र चिकित्सकको सिफारिस को आधारमा बढीमा दुइ लाख सम्म उपचार खर्च दिने व्यवस्था रहेको छ ।

वन्यजन्तु बाट हुने क्षतिको राहत निर्देशिका २०६९ को दोस्रो संशोधन २०७४ मा मानविय क्षतिको लागी राहत दिने व्यवस्था रहेकोले भालुको आक्रमण गरेपछि घाइतेहरु पाच जना ले राहतको लागी लाङटाङ राष्ट्रिय निकुञ्जमा निवेदन दिइसकेका छन् ।त्यस मध्ये दुई जनाले राहत रकम पाइसकेको प्राविधिक तथा रेञ्जर रमेश वस्नेतले बताउनु भयो ।

Advertisement

प्रतिक्रिया