नुवाकोटबाट अख्तियारमा दुई मुद्धा दर्ता, स्थानिय तहमा धेरै

विदुर खबर २०७६ मंसिर ५ गते १७:४२

नुवाकोट । अख्तियारमा नुवाकोटबाट दुई मुद्धा दर्ता भएको छ ।

Advertisement

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका अनुसार नुवाकोटबाट २ मुद्धा दर्ता भएको हो । आयोगका प्रवक्ता एवं उप–सचिव शिवराज रेग्मीका अनुसार यस्ता उजुरी बारामा १ सय ९२, पर्सामा १ सय २६, दोलखामा ६, सिन्धुपाल्चोकमा ७, रसुवामा १, धादिङमा १६, नुवाकोटमा २, काठमाण्डौंमा १, भक्तपुरमा ३, काभ्रेपलान्चोकमा ७, रामेछापमा १३, मकवानपुरमा २५ र चितवनमा ५२ वटा परेको छ ।

आयोगका अनुसार चालु आर्थिक बर्ष ०७६÷०७७ को कात्तिकसम्म गैरकानुनी ढंगबाट लाभ, हानी गरेको भन्दै ५ सय २८ वटा उजुरी परेका छन् । तीमध्ये १ सय १७ वटा फस्र्यौट भएको छ भने ४ सय ११ वटा अनुसन्धानको क्रममा रहेकोे जनाइएको छ ।

Advertisement

चालु आर्थिक बर्षको कात्तिकसम्म ८ वटा विषयमा केन्द्रीत भएर ६ सय ९४ वटा मुद्दा परेका थिए । तीमध्ये १ सय ८५ वटा फस्र्यौट गरिएको छ भने ५ सय ९ वटा अझै अनुसन्धानकै क्रममा रहेको बताइएको छ ।

शैक्षिक प्रमाण पत्रमा ७, भूमिमा ३८, घुस÷रिसवतमा १, सार्वजनिक खरीद निर्माणमा २७, गैरकानूनी सम्पत्ति आर्जनमा ५, राजश्व हिनामिनामा ५१ र विविध विषयमा ३७ वटा उजुरी परेको जनाइएको छ ।

Advertisement

स्थानीय तहका उजुरी धेरै

आयोगको हेटौंडास्थित कार्यालयमा अहिले स्थानीय, प्रदेश र संघीय सरकारमार्फत भएका पूर्वाधार विकासका कामसँग सम्बन्धित उजुरी बढी आउने गरेका छन् ।

अघिल्लो आर्थिक वर्ष ०७५/०७६ मा मात्रै तीन तहको सरकारका गरी १ हजार १ सय उजुरी परेको तथ्यांक छ ।
जसअनुसार स्थानीय तहको ६ सय ५६, संघको ३ सय २६ र प्रदेशको १ सय १८ वटा उजुरी परेको देखिन्छ ।

सोही अनुपातको उजुरी यस वर्ष पनि परेको अधिकारीहरु बताउँछन् । परेका उजुरी मध्ये गत अर्थिक बर्षमा ७ सय ७१ वटा फस्र्यौट गरिएका थिए भने ३ सय २९ वटा यस अर्थिक बर्षका लागि सरेर आएको रेग्मीले जानकारी दिए ।

कार्यालयले २ नम्बर प्रदेशको २ जिल्ला र ३ नम्बरको सिन्धुली, काठमाण्डौं, भक्तपुर, ललितपुर बाहेक ९ जिल्लाका काम गर्ने गरेको छ ।

प्रतिक्रिया