रसुवागढीमा निर्माण हुन लागेको सुख्खा बन्दरगाहको शिलान्यास
रसुवा । चीनसँगको अन्तर्राष्ट्रिय नाका रसुवागढी नजिकै निर्माण हुन लागेको सुख्खा बन्दरगाहको बुधबार शिलान्यास भएको छ ।
दुई वर्ष अघिदेखि निर्माणका लागि प्रक्रिया अघि बढाएको भए पनि विभिन्न समस्याका कारण काम अघि बढ्न सकेको थिएन ।नेपालको तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव पार्वती अर्याल र चीनको तर्फबाट इन्टरनेशनल इकोनोमिक एक्सचेन्ज सर्भिस सेन्टर अफ् तिब्बत कमर्स डिपार्टमेन्ट अफ् चाइनाका निर्देशक पियान चनले संयुक्त रुपमा शिलान्यास गर्नु भएको हो । रसुवागढी नाकालाई व्यवस्थित बनाउनका लागि अघि बढाइएका प्रमुख तीन काममध्ये यो एक हो । स्याफ्रु–रसुवागढी सडकको स्तरोन्नति, नाकामा एकीकृत जाँच चौकीको निर्माण र सुख्खा बन्दरगाह निर्माण प्राथमिकतामा रहेको छ ।
चीन सरकारको सहयोगमा निर्माण हुन लागेको बन्दरगाह ३० महिनामा सम्पन्न गर्ने लक्ष्य रहेको मन्त्रालयकी उपसचिव पार्वती अर्यालले बताउनुभयो । ‘बुधबारदेखि औपचारिक रूपमै काम अघि बढेको छ’, उहाँले भन्नुभयो, ‘निर्धारित समयसीमाभित्रै काम सम्पन्न गर्नका लागि हामी निरन्तर समन्वय गर्छौं ।’ बन्दरगाह निर्माणका लागि जिम्मा पाएको तिब्बत फुली कन्ट्रक्सनले कामदार र आवश्यक सामग्री साइडमा ल्याइसकेको छ । लाङटाङ राष्ट्रिय निकुञ्जको पाँच हेक्टर, स्थानीय बासिन्दाको ५८ रोपनी र विभिन्न सरकारी स्वामित्वमा रहेको १०९ रोपनी गरी साढे ८ हेक्टर जग्गा अधिग्रहण गरिसकिएको छ ।
चिनियाँ लगानीमा चिनियाँ पक्षले नै निर्माण गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्ने द्विपक्षीय सम्झौता भएको इन्टरमोडल यातायात विमास समितिका इन्जिनियर प्रमोद आचार्यले बताउनुभयो । बन्दरगाहमा पार्किङस्थल, गोदाम घर, प्रशासनिक भवन, जाँचपास स्थल, भन्सार, क्वारेनटाइन, बैंक तथा ल्याब रहने छ । बन्दरगाहमा पाँच हजार वर्गमिटरको पाँच तले प्रशासनिक भवन, ७५० वर्ग मिटरको एउटा गोदाम, दुई हजार ८० वर्गमिटरका दुई वटा जाँचपास स्थल रहने छ । बन्दरगाहमा तीन सय ५० वटा मालवाहक गाडी पार्किङ गर्न सकिनेछ । साढे ८ हेक्टर जमिनमा बन्दरगाह निर्माण हुने समितिले जनाएको छ । सुख्खा बन्दरगाह निर्माण सुरु भइसक्दा पनि मुआब्जाको विषय नटुङ्गाएको स्थानीयले बताएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













कलाकार सुनिल थापाको निधन
टी–२० विश्वकप आजदेखि, नेपाल सुपर–८ को खोजीमा
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिताको तयारी तिव्र
नुवाकोटको बेलकोटगढीमा एक जनाको हत्या,दुई जना पक्राउ
चुनावी तालमेल गर्न ओलीले राखे प्रस्ताव, दाहालले गरे अस्वीकार





प्रतिक्रिया