एनयुएफसी कप : शान्तिकुञ्ज र बेथेल माविलाई उपाधि

विदुर खबर २०७६ कार्तिक ३० गते २०:०२

नुवाकोट । नुवाकोट युनाइटडे फुटवल क्लबले आयोजना गरेको एनयुएफसी कप अन्तर मावि फुटवल प्रतियोगिताको उपाधि छात्रतर्फ शान्तिकुञ्ज मावि र छात्रातर्फ बेथेल एकेडेमीले हात पारेका छन ।

Advertisement

शनिबार भएको फाईनलमा शान्तिकुञ्ज एकेडेमीले हिमालयन एकेडेमी बट्टारलाई र बेथेलले भैरवी मावि नुवाकोटलाई पराजित गर्दै उपाधि उचालेका हुन । नुवाकोट आर्दश बहुमुखी क्याम्पसको मैदान बट्टारमा भएको सम्पन्न खेलमा शान्तिकुञ्जले पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गदै उपाधिमाथि कब्जा जमाएको हो भने बेथेलले भैरवीलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

उपाधि जितेको शान्तिकुञ्ज एकेडेमीले २५ हजार,मेडल,कप र प्रमाणपत्र प्राप्त ग¥र्याे भने छात्रातर्फ उपाधि हात पारेको बेथेल एकेडेमीले १० हजार रुपैयाँ, मेडल,कप र प्रमाणपत्र हात पारेको छ । त्यस्तै छात्रतर्फ उपविजेता भएको हिमालय एकेडेमीले १५ हजार रुपैयाँ,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने छात्रातर्फ उपविजेता भएको भैरवीले नगद ५ हजार,मेडल,कप र प्रमाण पत्र प्राप्त गरेको छ ।

Advertisement

प्रतियोगितामा छात्रतर्फ १४ टिम र छात्रातर्फ ४ टिमको सहभागिता रहेको आयोजक नुवाकोट युनाईटेड फुटवल क्लबका अध्यक्ष रामकुमार कोइरालाले जानकारी दिए ।प्रतियोगिता कार्तिक २३ गतेबाट संचालन भएको थियो ।

यो पनि पढ्नुहोस ।

एनयुएफसी कप छात्रातर्फको उपाधि वेथेल एकेडेमीलाई

Advertisement

प्रतिक्रिया