एनयुएफसी कप : शान्तिकुञ्ज र बेथेल माविलाई उपाधि
नुवाकोट । नुवाकोट युनाइटडे फुटवल क्लबले आयोजना गरेको एनयुएफसी कप अन्तर मावि फुटवल प्रतियोगिताको उपाधि छात्रतर्फ शान्तिकुञ्ज मावि र छात्रातर्फ बेथेल एकेडेमीले हात पारेका छन ।
शनिबार भएको फाईनलमा शान्तिकुञ्ज एकेडेमीले हिमालयन एकेडेमी बट्टारलाई र बेथेलले भैरवी मावि नुवाकोटलाई पराजित गर्दै उपाधि उचालेका हुन । नुवाकोट आर्दश बहुमुखी क्याम्पसको मैदान बट्टारमा भएको सम्पन्न खेलमा शान्तिकुञ्जले पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गदै उपाधिमाथि कब्जा जमाएको हो भने बेथेलले भैरवीलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
उपाधि जितेको शान्तिकुञ्ज एकेडेमीले २५ हजार,मेडल,कप र प्रमाणपत्र प्राप्त ग¥र्याे भने छात्रातर्फ उपाधि हात पारेको बेथेल एकेडेमीले १० हजार रुपैयाँ, मेडल,कप र प्रमाणपत्र हात पारेको छ । त्यस्तै छात्रतर्फ उपविजेता भएको हिमालय एकेडेमीले १५ हजार रुपैयाँ,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने छात्रातर्फ उपविजेता भएको भैरवीले नगद ५ हजार,मेडल,कप र प्रमाण पत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा छात्रतर्फ १४ टिम र छात्रातर्फ ४ टिमको सहभागिता रहेको आयोजक नुवाकोट युनाईटेड फुटवल क्लबका अध्यक्ष रामकुमार कोइरालाले जानकारी दिए ।प्रतियोगिता कार्तिक २३ गतेबाट संचालन भएको थियो ।
यो पनि पढ्नुहोस ।
एनयुएफसी कप छात्रातर्फको उपाधि वेथेल एकेडेमीलाई
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











नुवाकोटमा कांग्रेस सभापति गगनलाई १० किलोको माला
इरानको आक्रमणमा परेर यूएईमा एक नेपालीको मृत्यु
आज राति १२ बजेबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने
सुरुङदेखि स्याटेलाइट सहरसम्म, सबै योजनामा म आफैं पहल गर्छु : बद्री मैनाली
दुर्गा प्रसाईं फेरि पक्राउ





प्रतिक्रिया