रसुवागढी नाकाबाट आयात निर्यात रोकियो

विदुर खबर २०७६ कार्तिक २८ गते २१:१४

रसुवा । रसुवागढी नाकाबाट खाद्य सामग्रीको आयात तथा निर्यात दुवै रोकिएको छ ।

Advertisement

भाषाको कारण देखाउँदै दुवै पक्षले एक अर्काका सामग्री आयात तथा निर्यातमा पूर्ण रुपमा रोक लगादिएको हो । चीनबाट आउने खाद्य सामग्रीमा चिनियाँ भाषा मात्रै लेखेको कारण सुरुमा नेपाली पक्षले आयातमा रोक लगाएको थियो । त्यसपछि चिनियाँ पक्षले पनि नेपाली खाद्य सामग्रीको लेबल चिनियाँ भाषामा लेखिएको हुनपर्ने माग राख्दै निर्यातमा अवरोध सिर्जना गरेको हो ।

प्रतिक्रिया