रसुवाको नौकुन्डमा मोटरसाईकल दुर्घटना, एकजना घाईते

विदुर खबर २०७६ कार्तिक २६ गते २०:०९

नुवाकोट । रसुवाको नौकुन्ड गाउँपालिकामा आज दिउँसो मोटरसाईकल दुर्घटना हुँदा एकजना गम्भीर घाईते भएका छन ।

Advertisement

घाईते हुनेमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर ४ का रामबहादुर थिङ रहेको बताइएको छ । घाईते भएका तामाङ रसुवाको साङाचौरभिरबाट मोटरसाईकलसहित करिव ४० मिटर तल खोलामा खसेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । खोलामा खसी गम्भीर घाइते भएका तामाङलाई केहि स्थानिय र प्रहरीले डुबेको अवस्थामा भेटेर उद्धार गरिएको स्थानिय मेम्बार थिङ तामाङले बताए ।

घाईते तामाङलाई तत्काल उपचारको लागि काठमाण्डौ पठाइएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

Advertisement

प्रतिक्रिया