एनयुएफसी कप : क्षेत्रपाल र रणभुवनेश्वरीको शानदार शुरुवात

विदुर खबर २०७६ कार्तिक २५ गते १५:१९

नुवाकोट । नुवाकोटको बट्टारमा जारी जिल्ला स्तरीय अन्तर मावि फुटबल प्रतियोगिता अन्र्तगत आज भएको खेलमा चौघडाको क्षेत्रपाल मावि र देविघाटको रणभुवनेश्वरी माविले शानदार शुरुवात गरेका छन ।

Advertisement

नुवाकोट आर्दश बहुमुखी क्याम्पसको मैदान बट्टारमा केहिवेर अघि सम्पन्न खेलमा रणभुवनेश्वरी माविले सामुदायिक बोडिर्ङ स्कुललाई ४–१ गोलअन्तरले पराजित गरेको हो । त्यस्तै आजै भएको दोस्रो खेलमा क्षेत्रपाल माविले विदुर नगरपालिका वडा नम्बर २ को भिमसेन माविलाई ४–० गोलअन्तरले पराजित गरेको छ । जितसँगै क्षेत्रपाल मावि र रणभुवनेश्वरी क्वाटरफाईनल प्रवेश गरेका छन । क्वाटरफाईनल प्रवेश गरेका क्षेत्रपाल मावि र रणभुवनेश्वरीले सेमिफाईनल प्रवेशको लागि आगामी बुधवार एकआपसमा प्रतिष्पर्धा गर्नेछन ।

नुवाकोट युनाईटेड फुटवल क्लबको आयोजनामा भएको प्रतियोगितामा छात्रतर्फ १४ टिम र छात्रातर्फ ४ टिमको सहभागिता रहेको आयोजक नुवाकोट युनाईटेड फुटवल क्लबका अध्यक्ष रामकुमार कोइरालाले जानकारी दिए ।

Advertisement

प्रतियोगिताको छात्रतर्फको विजेताले २५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने उपविजेताले १५ हजार मेडल र प्रमाणपत्र प्राप्त गर्नैछन । त्यस्तै छात्रातर्फ पहिलो हुने विद्यालयले १० हजार रुपैयाँ,मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेताले ५ हजार,मेडल र प्रमाणपत्र पाउने नुवाकोट युनाईटेड फुटवल क्लबका सचिव रविन्द्र भुजेलले बताए । प्रतियोगिता आगामी ३० गते शनिबारसम्म संचालन हुनेछ ।

यो पनि पढ्नुहोस ।

हिमालयन एकेडेमी र नेशनल वेथेल एकेडेमीको विजयी शुरुवात

Advertisement

प्रतिक्रिया