एनयुएफसी कप : क्षेत्रपाल र रणभुवनेश्वरीको शानदार शुरुवात
नुवाकोट । नुवाकोटको बट्टारमा जारी जिल्ला स्तरीय अन्तर मावि फुटबल प्रतियोगिता अन्र्तगत आज भएको खेलमा चौघडाको क्षेत्रपाल मावि र देविघाटको रणभुवनेश्वरी माविले शानदार शुरुवात गरेका छन ।
नुवाकोट आर्दश बहुमुखी क्याम्पसको मैदान बट्टारमा केहिवेर अघि सम्पन्न खेलमा रणभुवनेश्वरी माविले सामुदायिक बोडिर्ङ स्कुललाई ४–१ गोलअन्तरले पराजित गरेको हो । त्यस्तै आजै भएको दोस्रो खेलमा क्षेत्रपाल माविले विदुर नगरपालिका वडा नम्बर २ को भिमसेन माविलाई ४–० गोलअन्तरले पराजित गरेको छ । जितसँगै क्षेत्रपाल मावि र रणभुवनेश्वरी क्वाटरफाईनल प्रवेश गरेका छन । क्वाटरफाईनल प्रवेश गरेका क्षेत्रपाल मावि र रणभुवनेश्वरीले सेमिफाईनल प्रवेशको लागि आगामी बुधवार एकआपसमा प्रतिष्पर्धा गर्नेछन ।
नुवाकोट युनाईटेड फुटवल क्लबको आयोजनामा भएको प्रतियोगितामा छात्रतर्फ १४ टिम र छात्रातर्फ ४ टिमको सहभागिता रहेको आयोजक नुवाकोट युनाईटेड फुटवल क्लबका अध्यक्ष रामकुमार कोइरालाले जानकारी दिए ।
प्रतियोगिताको छात्रतर्फको विजेताले २५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने उपविजेताले १५ हजार मेडल र प्रमाणपत्र प्राप्त गर्नैछन । त्यस्तै छात्रातर्फ पहिलो हुने विद्यालयले १० हजार रुपैयाँ,मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेताले ५ हजार,मेडल र प्रमाणपत्र पाउने नुवाकोट युनाईटेड फुटवल क्लबका सचिव रविन्द्र भुजेलले बताए । प्रतियोगिता आगामी ३० गते शनिबारसम्म संचालन हुनेछ ।
यो पनि पढ्नुहोस ।
हिमालयन एकेडेमी र नेशनल वेथेल एकेडेमीको विजयी शुरुवात
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











अब दुई दिन सरकारी बिदा
नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण
कलाकार सागर लम्साल (बले) पक्राउ
आज धेरै ठाउँमा हावाहुरीको सम्भावना





प्रतिक्रिया