पर्यटन प्रर्बद्धन गर्न नेकपा नेताहरू गोसाइकुण्डमा
विदुर खबर
२०७६ कार्तिक २४ गते १८:०५
रसुवा । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरू हेलिकप्टर चढेर रसुवाको गोसाइकुण्ड पुगेका छन्।
पूर्वप्रधानमन्त्रीसमेत रहेका बरिष्ठ नेता नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र स्थायी समिति सदस्य युवराज ज्ञवाली हेलिकप्टरमा आइतबार गोसाइकुण्ड पुगेका हुन्। नेताहरू गोसाइकुण्डमा दुई घन्टा बिताएर काठमाडौं फर्किसकेको खनालका सहयोगी कृष्ण भट्टराई लेबताए। ‘नेताहरू घुम्न जानुभएको थियो फर्किसक्नुभयो,’ उनले भने, ‘पर्यटन वर्ष २०२० लाई पनि यसले थप सहयोग गर्छ।’
गोसाइकुण्डमा पुगेको फोटो प्रवक्ता श्रेष्ठले ट्वीट गरेका छन्। उनले लेखेका छन्, ‘संसारको औंलामा गन्न सकिने सुन्दर देशहरुमध्ये एक हाम्रो देश नेपालको मनोरम स्थल गोसाईकुण्डको आजको यात्रा रमाईलो र आनन्ददायक रह्यो।’
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटका डा. विकास नेपाल वीर अस्पतालको निर्देशकमा नियुक्त
आजको मौसमः पश्चिम क्षेत्रतर्फ मध्यम तथा भारी बर्षा हुने
धादिङको गजुरीमा सुक्खा पहिरो, राजमार्ग अवरुद्ध
बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै
पूर्वनगरप्रमुख खनालको निधनमा बेलकोटगढीमा साेमवार शोक बिदा





प्रतिक्रिया