रसुवाको कर्मिडाडाँमा स्वास्थ्य शिविर सम्पन्न

विदुर खबर २०७६ कार्तिक २४ गते १४:४०

रसुवा । उत्तरगया गाउँपालिका वडा नं. ४ कर्मिडाँडामा दुई दिने स्वस्थ्य शिविर सम्पन्न भएको छ ।

Advertisement

सेयर नेपाल गैरसरकारी संस्थाको आयोजनामा पार्टिसीप एडको प्राविधिक सहयोगमा कार्तिक २२ र २३ गते दुई दिने स्वास्थ्य शिविरमा स्त्री रोग, दात रोग र सामान्य स्वास्थ्य जाँच गरिएको थियो । जनचेतना फैलाउने उद्देश्य ले कुनै पनि रोग लुकाएर नबसौ र समयमै स्वास्थ्य परिक्षण गरौ भनेर शिविर राखिएको डा. केदार नर्सिङ केसिले जानकारी दिए ।

 

Advertisement

शिविरको उद्घाटन उत्तरगया गाउँपालिका अध्यक्ष र डा. केदार नर्सिङ केसीले संयुक्त रुपमा गर्दै यस्तै शिविर जिल्लाको हरेक कुना कुनामा जो स्वस्थ्य उपचार बाट बन्चित छन र जानकारी छैन त्यहाँ सम्म पुग्ने जमको समेत गरिएको डा. केसिले बताए । उक्त शिविरमा ३४० जनाले विभिन्न रोगहरुको उपचार गरी मौका को फाइदा उठाएको स्थानिय समाजसेवी गणेश श्रेष्ठले बताए ।समय-समयमा यस्तो शिविर भैरहे ग्रामिण भेगका आम नागरिकहरु लाई सहजता हुने र टाढाको आस्पताल सम्म पुग्न नपर्ने स्थानिय बासीहरु बताउछन ।

प्रतिक्रिया