दोस्रो नुवाकोट गोल्डकपमा आयोजक १७ लाख घाटामा

विदुर खबर २०७६ कार्तिक २३ गते २०:०३

नुवाकोट । दोस्रो नुवाकोट गोल्डकप फुटवल प्रतियोगितामा आयोजक १७ लाख रुपैयाँ घाटामा रहेको तथ्य सार्वजनिक भएको छ ।

Advertisement

शनिबार नुवाकोट युनाइटेड फुटवल क्लबले आयोजना गरेको जिल्ला स्तरीय छात्र तथा छात्रा फुटवल कार्यक्रममा बोल्दै नुवाकोट गोल्डकप फुटवल प्रतियोगिताका संयोजक तथा जिल्ला खेलकुद विकास समितिका निर्वतमान अध्यक्ष बुद्धि प्रधानले आयोजक नुवाकोट फुटवल संघ र जिल्ला खेलकुद विकास समिति १७ लाख घाटामा रहेको बताए ।

संयोजक प्रधानले नुवाकोटमा खेलकुद प्रतियोगिता गर्न सहयोगी हात आएपनि व्यवहारिक रुपमा काम नगर्ने परम्पराले समस्या आएको बताए । प्रधानले दोस्रो नुवाकोट गोल्डकपमा आयोजक नुवानकोटको टिम तयार पार्न नै ९ लाख रुपैयाँ लागेको भन्दै प्रतियोगिताको लागि सहयोग गछर््ु भन्नेहरुले नै पछाडीबाट षडयन्त्र गर्ने गरेको आरोप लगाए ।

Advertisement

स्मरण रहोस पहिलो नुवाकोट गोल्डकप भएको डेढ वर्ष र दोस्रो नुवाकोट गोल्डकप सम्पन्न भएको ५ महिना बितिसक्दा समेत आयोजकले प्रतियोगिताको आयव्यय अझै सार्वजनिक गरेको छैन भने विभिन्न होटलहरु तथा कामदारको गरि १७ लाख रुपैयाँभन्दा बढी रकम आयोजकले तिर्न बाँकी छ । आयोजकले पहिलो र दोस्रो दुबै गोल्डकपको टिकट बिक्रीको अर्धकट्टी समेत नराखेको नुवाकोट फुटवल संघका एक जिम्मेवार पदाधीकारीले बताएका छन ।

यो पनि पढ्नुहोस

नुवाकोट गोल्डकपको आयव्यय कति ? होटलहरुमा करिब १७ लाख भन्दा बढी तिर्न बाँकी

Advertisement

यसअघि विदुर खबरले आयोजकले जिल्लाको विभिन्न होटलहरु तथा कामदारको समेत गरी १७ लाख रुपैयाँभन्दा बढी तिनुपर्ने समाचार प्रकाशित गरेपछि नुवाकोट फुटवल संघमा खैलाबैला मच्चिएको थियो ।

 

प्रतिक्रिया