नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतले लिपुलेक आफ्नो नक्शामा राखेको हो भने यो कुनै पनि हालतमा सैह्य नहुने बताउनुभएको छ ।
दाङ्को घोराहीमा अध्यक्ष प्रचण्डले यो समस्या समाधान गर्न सरकारले पहल थालिसकेको बताउनुभयो । आफू भारत भ्रमणमा गएको बेला प्रधानमन्त्री नरेन्द्र मोदीसित प्रष्टरुपमा लिपुलेकबारे असहमति राखेको उल्लेख गर्दै उहाँले चीन र भारतबीच असमती राख्दाराख्दै पनि भारतले एकतर्फी निर्णय गरेको भए यस्को कूटनीति र राजनीतिकरुपमा प्रतिवाद गर्ने बताउनुभयो ।
उहाले प्रदेश नम्बर ५ को राजधानी दाङ बनाउने कुरामा आफूहरु सकारात्मक रहेको पनि बताउनुभयो ।प्रेस संगठन दाङले गरेको पत्रकार भेटघाटमा उहाँले पूर्वसभामुख कृष्णबहादुर महराले केही त्रुटि गरेको औल्याउँदै त्यो अपराधिक नभै नैतिक त्रुटि भएको बताउनुभयो । अब महरा नयाँ शीराबाट जनताको सेवा गर्ने गरि आउनुपर्ने उहाँले बताउनुभयो ।












कुलमानलाई रास्वपाले दियो दोस्रो वरीयता
बालेन्द्रले भने : म नेपाल हाँसेको हेर्न चाहन्छु
कांग्रेसको समानुपातिक सूचीमा अर्जुननरसिंहको नाम
रवि-बालेन एकताको प्रभाव खासै छैन : महत
रसुवागढी नाकाको मितेरी पुलबाट आवतजावत सुरु 





प्रतिक्रिया