नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतले लिपुलेक आफ्नो नक्शामा राखेको हो भने यो कुनै पनि हालतमा सैह्य नहुने बताउनुभएको छ ।
दाङ्को घोराहीमा अध्यक्ष प्रचण्डले यो समस्या समाधान गर्न सरकारले पहल थालिसकेको बताउनुभयो । आफू भारत भ्रमणमा गएको बेला प्रधानमन्त्री नरेन्द्र मोदीसित प्रष्टरुपमा लिपुलेकबारे असहमति राखेको उल्लेख गर्दै उहाँले चीन र भारतबीच असमती राख्दाराख्दै पनि भारतले एकतर्फी निर्णय गरेको भए यस्को कूटनीति र राजनीतिकरुपमा प्रतिवाद गर्ने बताउनुभयो ।
उहाले प्रदेश नम्बर ५ को राजधानी दाङ बनाउने कुरामा आफूहरु सकारात्मक रहेको पनि बताउनुभयो ।प्रेस संगठन दाङले गरेको पत्रकार भेटघाटमा उहाँले पूर्वसभामुख कृष्णबहादुर महराले केही त्रुटि गरेको औल्याउँदै त्यो अपराधिक नभै नैतिक त्रुटि भएको बताउनुभयो । अब महरा नयाँ शीराबाट जनताको सेवा गर्ने गरि आउनुपर्ने उहाँले बताउनुभयो ।













त्रिशुली बाढी : नुवाकोटमा हालसम्म २०६ शव भेटीयाे
भारी वर्षाको जोखिम: नुवाकोटमा राति सवारी साधन सञ्चालनमा रोक
क्षणभरमै माटोमा मिल्यो जीबन, बस्ति र संरचना
पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
विदुर कांग्रेस सभापतिमा गजुरेलको उम्मेदवारी घोषणा





प्रतिक्रिया