चिलिमे जलविद्युत कम्पनिद्धारा २५ प्रतिशत लाभान्स प्रस्ताव
नुवाकोट । चिलिमे जलविद्युत कम्पनी (CHCL) ले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीलाई २५ प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको कार्तिक १८ गते सम्पन्न ३६४ औं बैठकले प्रतिशत २० बोनस र बोनसमा लाग्ने कर सहित ५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो।
चुक्ता पूँजी ४ अर्ब ७५ करोड ८१ लाख ३५ हजार ७८२ रुपैयाँ रहेको चिलिमेले ९५ करोड १६ लाख २७ हजार १५६ रुपैयाँ बराबरको बोनस तथा २३ करोड ७९ लाख ६ हजार ७८९ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनी सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन्।चिलिमेले गत आर्थिक बर्षमा ७१ करोड खुद नाफा कमाएको थियो भने चार अर्ब ५५ करोड शेयरधनी कोषमा जम्मा गरेको थियो। बोनसपछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब ७० करोड ९७ लाख ६२ हजार ९३८ रुपैयाँ पुग्नेछ।
कम्पनीले लाभांश अनुमोदन गर्न आगामी मंसिर ८ गते २३ औं साधारण सभा आह्वान गर्ने भएको छ। साधारण सभा प्रयोजनका लागि कार्तिक २७ गतेदेखि शेयर धनी दर्ता किताब बन्द गर्ने जनाएको छ। यसअनुसार कार्तिक २६ गते मंगलबारसम्म कायम रहने शेयरधनी मात्र लाभांश पाउन र साधारण सभामा प्रतिनिधित्व गर्न योग्य हुनेछन्। अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा कम्पनीले प्रतिशत २० बोनस शेयर र ५ प्रतिशत नगद गरि कूल २५ प्रतिशत नै लाभांश वितरण गरेको थियो।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













देशभर २३ हजार ११२ मतदान केन्द्र तोकियो
प्रमुख दल निर्वाचनमा जान तयार
खड्गभञ्याङ महिला साना किसान कृषि सहकारीको छैटौं बार्षिक साधारणसभा सम्पन्न
नुवाकाेट क्षेत्र नं १ मा प्रचण्डको नाम सिफारिस
आज क्रिसमस डे मनाइँदै, सार्वजनिक बिदा





प्रतिक्रिया