नुवाकोटमा लोप हुदै स्थानिय बाजा

विदुर खबर २०७६ कार्तिक १८ गते ९:२७

नुवाकोट । चाँडपर्वहरुमा बजाईने स्थानिय वाजा नुवाकोटमा लोप हुदै गएका छन् ।

Advertisement

नेपालीहरुको दोस्रो महान चाड तिहारमा गाउँमा स्थानिय बाजा मादल लगाएतका बाजा नवज्दाँ स्थानिय बाजा सहित नाच लोप हुदै गएका छन् । गाउँमै उत्पादन गरेको बाजा नवज्दाँ गाउँमा नाचिने लहरे पैसेरी, ख्याली, मयुर नाच, सिगारु नाचँ लगाएतका नाचहरु लोप हुदै गएका छन् । स्थानिय तहले स्थानिय बाजा संरक्षणको लागी पहल नगरे लोप हुने सम्भावना बढी देखिन्छ ।केहि वर्ष पहिले तिहार आउनु भन्दा एक महिना अगाडी स्थानिय मादल,टयाम्की झयाली लगाएतका स्थानिय वाजा बजाएर नाचको तयारी गरिन्थ्यो । बुवा आमा लगाएत दिदी वहिनीहरु रमाईलो दिन आयो भनेर खुसी हुने गर्थे ।

हिजो आज तिहारकै दिन स्थानिय वजारबाट डेग लिएर बजाउने डेगमा नाच गर्दा स्थानिय वाजा लोप भएका छन् । स्थानिय बाजा सगसगै स्थानिय नाच समेत लोप हुदै गएका छन् ।पुरानो कला संस्कृतिहरु लोप हुदै जादाँ बुढापाकाहरु चिन्तित वनेको छन् । स्थानिय धुव्रप्रसाद शर्माले केहि वर्ष अगाडी गाउँमा मादल, टयाम्की, खुट्टामा नेवर लगाएर नाचिने लहरे, सिगारु नाच गाउँमा नहुदाँ तिहारको रौनक हराएको बताउनु भयो ।

स्थानिय वाजा सहित नाच लोप हुदै गएकोले स्थानिय बाजा संरक्षणको स्थानिय सरकारले पहल गरी लोक संस्कृतिको जगेर्न गर्न शर्माले स्थानिय सरकारलाई आग्रह गर्नु भयो । आगामी दिनमा स्थानिय बाजालाई संरक्षण नगरे आफु भन्दा पछाडीका सन्तानले मादल भनेको के हो? भन्ने प्रश्ना नगर्लान भन्न सकिदैन सरोकारवाला निकायले स्थानिय बाजालाई संरक्षण गर्न आवश्यक रहेको वताउदै स्थानिय वाजा संरक्षण गरे गाउँको लोक संस्कृति बचाई राख्न सकिने बताउनु भयो ।

Advertisement

प्रतिक्रिया