रसुवाका प्रमुख जिल्ला अधिकारीको ए प्लस ग्रेड ल्याउन सफल

विदुर खबर २०७६ कार्तिक १६ गते २०:४९

रसुवा । रसुवाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) ले ए प्लस ग्रेड ल्याउन सफल भएका छन् ।

Advertisement

७७ जिल्लामध्ये पाँचवटा जिल्लाका सिडियोले ए प्लस ल्याएका थिए । माघदेखि असारसम्मको कार्यसम्पादन मूल्यांकन गरेर गृह मन्त्रालयले सिडिओहरूको प्राप्तांक, प्रतिशत र ग्रेडिङ गरेको थियो ।

जसमा रसुवाका तत्कालीन प्रजिअ कृष्ण पौडेल र हाल कार्यरत प्रजिअ अर्जुन भण्डारीले ए प्लस ल्याएका हुन् । रसुवाका प्रजिअले ९०. ६९ प्रतिशत अंक ल्याएका छन् । कार्यालयको नियमित काम बाहेक अन्य कामहरू गरिएको कारण उत्कृष्ट ५ मा पर्न सफल भएका हुन् ।पछिल्लो समय जिल्ला प्रशासन कार्यालय रसुवाले नियमित काम बाहेक अन्य कामलाई समेत अघि बढाउँदै गएको छ । प्रशासनलाई सुधार गर्नुका साथै अन्य निकायसँग समन्वय बढाएको छ । यसबाट सिडिओहरूबीच काममा प्रतिस्पर्धाको भावना बढ्ने गृह मन्त्रालयले जनाएको छ ।

Advertisement

प्रतिक्रिया