रसुवाको धुन्चेमा जरायो नाच देखाइयो
रसुवा । रसुवाको सदरमुकाम धुन्चेका युवाहरूको सक्रियतामा जरायो नाच देखाइएको छ । हरेक दुई वर्षमा प्रस्तुत हुने नाच बिहीबार देखाइएको हो । जीव जनावरलाई मार्न नहुने सन्देश दिँदै नाच प्रस्तुत गर्ने गरिएको छ । विगत दुई वर्षदेखि रसुवा संरक्षण तथा सांस्कृतिक कला समूहले नाच प्रस्तुत गर्दै आएको छ ।
यो नाच चेन क्षेवाअन्तर्गत पर्छ । यसमा धेरै किसिमका नाच समावेश गरिएको हुन्छ । धुन्चेमा खम्बा र जरायो नाच देखाउने गरिएको समूहका सचिव कमल तामाङले बताए ।‘चार दशकसम्म नाच प्रस्तुत हुन नसकेपछि दुई वर्षअघिबाट यसको सुरुवात गरेका हौं’, उनले भने , ‘यसलाई हामीले निरन्तरता दिँदै जाने छौं ।’ २०३५ सालसम्म यो नाच प्रचलनमा थियो ।
धुन्चेमा लामो समयसम्म नाच प्रस्तुत हुन नसकेको समयमा जिल्लाको अन्य क्षेत्रमा भने नाच प्रस्तुत हुँदै आएको थियो । यो नाच जिल्लाको ठुलो भार्खु, गत्लाङ, गोल्जुङ, चिलिमे र खाम्जिङमा समेत देखाइँदै आएको छ । ठुलो भार्खुमा भाइटीकाको भोलिपल्ट र अन्य स्थानमा फरक फरक महिनामा नाच देखाइने गरिएको छ । नाच देखाउनका लागि धुन्चेमा चार ओटा समुह बनाइएको छ । एउटा समुहमा २६ देखि २८ घरधुरी समावेश गरिएको छ । यो नाच वन्यजन्तु संरक्षणका लागि लामाले खेल्ने भूमिकाको बारेमा केन्द्रित छ ।
यसमा लामा, झाँक्री र जरायोको मुख्य भूमिका हुन्छ । सिकारीहरू सिकार खेल्न जाँदा लुकेर बसेको जरायो भाग्छ । भागेर गएको जरायो लामाको शरणमा पुग्छ । सिकारीहरू लामा कहाँ पुगेर जरायो खोजिदिन आग्रह गर्छन । वन्यजन्तुको सिकार गर्न नहुने सन्देश लामाले दिएपछि सिकारीले सबै हतियार लामालाई बुझाउँछन् । लामाले काटमार नगर्ने भएकाले सबै जनावरले लामाप्रति गर्ने विश्वास र सम्बन्ध देखाउनका लागि यो नाच देखाइन्छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया