प्रथम हाप्किडो राष्ट्रिय प्रतियोगितामा नुवाकोटलाई एक स्वर्ण
विदुर खबर
२०७६ कार्तिक ५ गते २०:२७

नुवाकोट । प्रथम हाप्किडो राष्ट्रिय प्रतियोगितामा नुवाकोटले एक स्वर्ण हात पारेको छ ।
स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराका रोल्पाको परिवर्तन गाउँपालिकामा सम्पन्न भएको प्रतियोगितामा नुवाकोटको लागि पुरुषतर्फ ५५ देखि ६० केजीतर्फ निमेश गुरुङले स्वर्ण पदक हात पारेका हुन । त्यस्तै ६० देखि ६५ तौलतर्फ राजु दियाले रजत पदक हात पारे ।
महिलातर्फ ५० देखि ५५ केजी तौल समुहमा मनलक्ष्मी गुरुङले रजत पदक हात पार्दा ४५देखि ५० तौल समुहमा रन्जिता गुरुङले कास्य र ३० देखि ३५ केजी तौल समुहमा सुमिना गुरुङले कास्य पदक प्राप्त गर्न सफल भएको नेपाल मार्सल आर्ट्स हाप्किडो संघ नुवाकोटका सचिव विकाश गुरुङले जानकारी दिए । प्रतियोगितामा नुवाकोटबाट १४ जना खेलाडी टिम कोच,प्रशिक्षक र अफिसियल सहित १८ जना सहभागी भएका थिए ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया