रसुवा प्राकृतिक विपतको जोखिममा

विदुर खबर २०७६ कार्तिक २ गते १०:३७

रसुवा । विपत् जोखिम न्यूनीकरण गर्न नागरिकलाई सचेत गराउन रसुवामा एक कार्यक्रमका सहभागीले प्रतिबद्धता जनाएका छन् ।

Advertisement

विपत् न्यूनीकरणक अन्तर्राष्ट्रिय दिवसका अवसरमा आइतबार सदरमुकाम धुन्चेमा आयोजित कार्यक्रमका सहभागीले विपत् जोखिम न्यूनीकरणका लागि ८ बुँदे प्रतिबद्धता जनाएका हुन् । विपत्को जोखिममा रसुवा पनि उच्च रहेकाले जोखिम न्यूनीकरणमा सहयोग पु¥याउन कार्यक्रममा सहभागी सबै सरोकारवाला निकायले त्यस्तो प्रतिबद्धता जनाएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए । प्रतिबद्धतामा जिल्लाका पाँचवटै स्थानीय तहमा विपत् जोखिम न्यूनीकरणसम्बन्धी सचेतनामूलक अन्तक्र्रिया कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । जिल्ला विपत् व्यवस्थापन समितिको सहयोगमा सबै स्थानीय तहका प्रत्येक वडामा पाँच–पाँचजनाको दरले तालिम प्राप्त खोज तथा उद्धारकर्ता जनशक्ति तयारी गरिनेछ ।

यस्तै, स्थानीय तह, संघसंस्था तथा सार्वजनिक निकायको सहयोगमा जिल्लाका सबै माध्यमिक विद्यालयमा विपत् जोखिम न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रम गरिने भएको छ ।

Advertisement

प्रतिक्रिया