भँगेरी कपको उपाधि नमोबुद्ध युवा क्लबलाई

विदुर खबर २०७६ कार्तिक १ गते २०:४४

नुवाकोट । म्यागङ गाउँपालिका वडा नम्बर ६ पानीपोखरीमा दशैको अवसर पारेर आयोजना गरिएको ८ भँगेरी कप फुटबल प्रतियोगिताको उपाधि म्यागङ गाउँपालिका वडा नम्बर ५ को नमोबुद्ध युवा क्लबले हात पारेको छ ।

Advertisement

बुधबार सम्पन्न फाईनल खेलमा धादिङको निलकण्ठ गाउँपालिकाको उपकार संघ पात्लेलाई पेनाल्टी सुटआउटमा पराजित गर्दे नमोबुद्ध युवा क्लबले उपाधि हात पारेको हो । निर्धारित समयमा खेल एक÷एकको बराबरीमा सकिएपछि खेल पेनाल्टीतर्फ धकेलिएको हो । विजेता नमोबुद्ध युवा क्लबले नगद एकलाख रुपैयाँ, मेडल र प्रमाणपत्र पायो भने उपविजेता उपकार संघ पात्लेले ५० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र हात पा¥यो ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी संजीव तामाङ, उत्कृष्ट गोलरक्षक सोनम तामाङ,उत्कृष्ट रक्षक युनिक तामाङ र सर्वाधिक गोलकर्ता मिथुन तामाङ घोषित भए । यस्तै फेयर टिम र बेस्ट म्यानेजरको उपाधि विद्यार्थी उपकार संघ पात्लेले हात पा¥यो भने उत्कृष्ट प्रशिक्षकको उपाधि नमोबुद्ध युवा क्लबका प्रशिक्षकले हात पारे । प्रतियोगिताको विजेता र उपविजेता टिमलाई संघिय सांसद बहादुरसिंह लामा,गाउँपालिकाका अध्यक्ष आशा तामाङ लगायतले मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।

Advertisement

प्रतियोगिताको समापन गर्दे सांसद लामाले आगामी दिनमा जिल्लाको खेलकुद क्षेत्रको विसकास गर्न सांसद विकास कोषबाट रकम विनियोजन गर्ने बताए । उनले खेलाडी उत्पादनमा यस्ता प्रतियोगिताले ठुलो भुमिका खेल्ने भएकोले प्रतियोगिता निरन्तर हुनुपर्ने बताए । त्यस्तै गाउँपालिकाका अध्यक्ष आशा तामाङले गाउँपालिकाले आगामी वर्षदेखि खेलकुदलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै नेपाली कांग्रेसका प्रवत्ता तथा नुवाकोट कराते संघका संस्थापक अध्यक्ष राजु थापाले नुवाकोटमा खेल क्षेत्रको विकासमा सबै एकजुट भएर लागिपर्ने बताए । थापाले खेलाडीको क्षमता विकास गर्न यस्ता प्रतियोगिता महत्वपुर्ण हुने बताए । प्रतियोगिता असोज २२ गतेदेखि संचालन भएको थियो ।

Advertisement

प्रतिक्रिया