रसुवामा पर्यटक बढ्न थाले,दैनिक डेढसयले भ्रमण गर्दै

विदुर खबर २०७६ कार्तिक १ गते १७:१२

रसुवा  । रसुवाको पर्यटकीय क्षेत्रहरूमा पर्यटकको आगमन बढेको छ ।

Advertisement

पर्यटकीय सिजन सुरु भएसँगै नेपाली तथा विदेशी पर्यटकको आगमन बढेको हो । आएका पर्यटकमध्ये गोसाईकुण्ड र लाङटाङ जानेको सङ्ख्या उच्च छ । लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाह्रै महिना पर्यटक आउने गरेको भएपनि यो सिजनमा सबैभन्दा बढी पर्यटक आउने गरेका छन् । अहिले दैनिकरूपमा डेड सयको हाराहारीमा पर्यटक आइरहेका छन् । निकुञ्ज आएका पर्यटकमध्ये पर्यटकीय क्षेत्र लाङटाङ, धार्मिकस्थल गोसाइँकुण्ड र तामाङ सम्पदा मार्गको अध्ययन, अवलोकन गर्न पुग्ने गरेका छन् । साउनदेखि असोजसम्म निकुञ्जमा कम पर्यटक आउँछन् ।

असोज १५ गतेदेखि कार्तिक मसान्त र चैतदेखि वैशाख अन्तिमसम्म बढी पर्यटक आउने गरेका छन् । जिल्लाको पर्यटकीय क्षेत्रहरूमा बाह्रै महिना पर्यटक आउने गरेका छन् । तर तीन महिना पर्यटनको लागि उपयुक्त मौसम नहुने भएकाले कम हुने गरेको निकुञ्जले जनाएको छ । जिल्लाको गोसाईकुण्ड, लाङटाङ र तामाङ सम्पदा मार्गमा अहिले पर्यटक जानका लागि कुनै पनि समस्या नरहेको निकुञ्जका सूचना अधिकारी शिवलाल गैरेले बताउनुभयो ।

Advertisement

प्रतिक्रिया