आईसीसीद्धारा नेपाल क्रिकेट संघको निलम्बन सर्शत फुकुवा

विदुर खबर २०७६ असोज २७ गते २१:२९

नुवाकोट । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन सर्शत फुकुवा गरेको छ ।

Advertisement

दुबईमा बसेको आईसीसीको बोर्ड बैठकले साढे ३ वर्षअघि नेपालमा राजनीतिक हस्तक्षेप भएको भन्दै क्यानमाथि गरिएको निलम्बन सर्शत फुकुवा गरेको हो ।आईसीसीका अध्यक्ष शंशाक मनोहरले निलम्बन फुकुवाका बारेमा भने, ‘नेपाली क्रिकेटमा भएको प्रगतिलाई मध्यनजर गर्दै अब एसोसियट सदस्यको रुपमा सबै मापदण्ड अनुपालन गराउनका लागि नेपाल क्रिकेट संघका लागि एउटा संक्रमणकालीन योजना पनि अघि सारिनेछ ।

आईसीसीले क्यान निलम्बनको फुकुवाका लागि आर्थिक पारदर्शीताको कुरालाई पहिलो प्राथमिकतामा राखेको थियाे । यसअघि पनि पटक–पटक क्यानमा आर्थिक अनियमितता हुने गरेको उजुरी आईसीसीसमक्ष पुग्ने गरेकाले यस पटक यस विषयमा आईसीसीले चासो देखाएको हो । आर्थिक पाटोका साथै क्यानको कार्यालय व्यवस्थापनको विषयमा पनि आईसीसीले शर्त राखेको छ ।

Advertisement

केही समयका लागि आईसीसीले नै आफ्नो मातहतमा रहेर काम गर्न निर्देशन पनि दिन सक्नेछ । क्यानको नयाँ निर्वाचन भएपछि तत्कालै उसको कार्यालय सञ्चालनका लागि बजेट छैन, क्यानको खाता फेरि खुलाउन पनि प्रक्रिया अघि बढाउनु पर्नेछ ।

प्रतिक्रिया