सांसद पक्राउको विरोधमा कांग्रेस कार्यकर्ताको प्रदर्शन

विदुर खबर २०७६ असोज २६ गते १७:१९

रौतहट । नेपाली कांग्रेसका सांसद मोहम्मद अफताव आलमलाई प्रहरीले रौतहटस्थित उनकै निवासबाट पक्राउ गरेपछि त्यहाँका कार्यकर्ता तथा समर्थकले गौरबजारमा प्रदर्शन गरेका छन्।

Advertisement

आलम पक्राउको विरोधमा वीरेन्द्र राजमार्गका विभिन्न स्थानमा टायर बालिएको छ। प्रदर्शनकारीले केही स्थानमा ढुंगामुडासमेत गरेका छन्।आलम समर्थक कार्यकर्ताबाट नाराजुलुस र प्रदर्शन भैरहेको छ। भीड नियन्त्रण गर्न व्यापक सुरक्षाकर्मी तैनाथ गरिएको छ।

प्रतिक्रिया