महिला टी-ट्वान्टी वरियतामा नेपालको सुधार

विदुर खबर २०७६ असोज २६ गते १०:३८

नुवाकोट । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को महिला टी-ट्वान्टी क्रिकेटको वरियतामा नेपाल एक स्थान सुधार गरेको छ ।

Advertisement

आईसीसीले सार्वजनिक गरेको टी-ट्वान्टीको नयाँ वरियतामा नेपाल एक स्थान सुधार गर्दै १४ औं स्थानमा उक्लिएको छ । अघिल्लो वरियतामा नेपाल १५ औं स्थानमा रहेको थियो । पपुवा न्युगिनीलाई पछि पार्दै नेपालले वरियतामा एक स्थान सुधार गरेको हो ।

नयाँ वरियता अनुसार नेपालले १७ खेलबाट १२८ रेटीङ अंक पाएको छ । नेपालले थाइल्याण्डमा गत वर्षको फागुनमा सम्पन्न आईसीसी विश्वकप एसिया छनोट खेलेपछि अन्य अन्तराष्ट्रिय प्रतियोगिता खेलेको छैन । उएसोसियट राष्ट्रको टी-ट्वान्टी वरियतामा नेपाल तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा अगाडी थाइल्याण्ड र स्कटल्याण्ड रहेका छन् ।

Advertisement

प्रतिक्रिया