नेपालद्धारा नेदरल्याण्ड ४ विकेटले पराजित

विदुर खबर २०७६ असोज २० गते १४:४६

नुवाकोट । ओमानमा जारी पाँच राष्ट्रबीचको पाँच देशीय टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ ।

Advertisement

सोमबार भएको खेलमा नेदरल्याण्डलाई ४ विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो ।अल अम्रेट क्रिकेट मैदानमा नेदरल्याण्डले दिएको १ सय ३० रनको लक्ष्य नेपालले १९ ओभर ५ बलमा ६ विकेट गुमाएर पुरा गर्यो ।नेपालको जितमा करण केसी नायक बने । विस्फोटक ब्याटिङ गरेका करणले १४ बलमा १ चौका र ३ छक्कासहित अविजित ३१ रन बनाए ।

यस्तै कप्तान पारस खड्काले सर्वाधिक ३३ रन बनाए । बिनोद भण्डारीले २६ रन जोडे ।नेदरल्याण्डका भान डेर मर्वीले २ विकेट लिए ।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३० रन बनाएको थियो ।नेदरल्याण्डका लागि म्याक्सवेल प्याट्रिक ओ’ डोडले सर्वाधिक ४३ रन बनाए । यस्तै कोलिन एकेर्मानले २९ तथा एण्टोनियस स्टलले २१ रन बनाए । नेपालका सन्दीप लामिछानेले ४ ओभरमा मात्र २० रन खर्चेर ४ विकेट हात पारे । यस्तै करण केसीले ३ विकेट र ललित नारायण राजवंशीले १ विकेट लिए ।

Advertisement

प्रतिक्रिया