भारतले प्याज आयातमा प्रतिबन्ध लगाएपछि केरुङबाट प्याज भित्रन थाल्यो
विदुर खबर
२०७६ असोज १७ गते २२:१९

रसुवा । चाडपर्वको मुखैमा आएर भारतले प्याज आयातमा रोक लगाएपछि रसुवागढि हुँदै चिनको केरूङवाट प्याजको आयात बढेको छ।
भन्सार प्नमुख पुण्य बिक्रम खड्का को अनुसार दशै तिहारका लागि हरेक नेपालिको घरमा पाक्ने प्याज मा आयात वढेको र ठुलो मात्रामा यस पटक दुई दिनमै ६२ हजार पाच सय ८० केजि प्याजको ३१ लाख ९३ हजार ६ सय २१ रूपैयाको प्याज आयात भएको हो ।
आर्थिक वर्ष ०७५०७६ मा भारत र चिन वाट १६ करोड ७९ लाख केजि प्याज आयात भएको थियो ।
चिनले अन्तरास्ट्रिय नाकाको रूपमा धोषणा गरेसङ्गै तीन सय देखि साढे तिन सय कन्टेनर आवतजावत गर्ने गरेको र व्यापारी व्यवसायिहरू समेतको चाप रहेको छ ।
भन्सार विभागको तथ्यांक अनुसार भारतबाट ९५ प्रतिशत प्याज आयात हुने गर्दछ ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया