रसुवागढी जलविद्युत् आयोजनाको स्टोरमा आगलागी
विदुर खबर
२०७६ असोज १५ गते ६:२०

रसुवा । रसुवागढी जलविद्युत् आयोजना निर्माण कम्पनीको स्टोरमा सोमबार राति आगलागी भएको छ । आगलागीबाट ड्यामसाइटमा रहेको आयोजना निर्माण कम्पनीको स्टोरमा क्षति पुगेको छ ।
आगोले प्लाइउड, कम्प्रेशर मेसिन, पिभिसी पाइप, बेडिङ लगायतका सामग्री जलेको छ ।
लाखौं मूल्य बराबरको सामान क्षति भएको प्रहरीले बताएको छ । सोमबार राति करिब ११ बजे आगलागी भएको थियो । आयोजना निर्माण कम्पनीका चिनियाँ टोलीले साढे ११ बजे आगो निभाएको थियो । आगो कसरी लाग्यो भन्ने विषयमा अनुसन्धान भइरहेको आयोजनाले बताएको छ । क्षतिको विवरण संकलन भइरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया