दशैको लागि केरुङबाट च्याङ्ग्रा भेडा आउन थाले
विदुर खबर
२०७६ असोज १३ गते २०:०६

रसुवा । दशैको लागि केरुङ नाकाबाट भेडा च्याङ्ग्रा भित्रन थालेका छन ।
रसुवागढी नाकबाट २ सय ३० वटा भेडा च्याङ्ग्रा शुक्रबार भन्सार भई बजारमा आउन थालेको हुन । व्यापारी दिवाकर न्यौपानेका अनुसार खसी बोकेका तुलनामा भेडा च्याङ्ग्रा महँगो हुने भएको र केरूङबाटै प्रति गोटा २३ हजारदेखि २६ हजार रूपैया पर्छ । उनले भने, यसरी आयात गरि ल्याईएको भेडा च्याङ्ग्रा बढि जस्तो जिल्लाभित्र नै विक्री हुने गरेको छ ।
यस नाकावाट आयातमा कमी भएको कारण अघिल्लो वर्ष मुस्ताङबाट समेत ल्याईएको बताइएको छ । अर्का व्यापारी रामेश्वर खड्काले भने, ‘केरूङमा भेडा च्याङ्ग्रा नपाईने हुँदा तिव्वतको जोङखाबाट त्यहाँको स्थानीय व्यापारीले ल्याईदिन्छन तर भुक्तानी भने पहिले नै गर्नुपर्नेछ ।’ ५० लाख लगानीमा ५० वटा भेडा र १ सय ८० वटा च्याङ्ग्रा आएका हुन् ।
सम्बन्धित
प्रतिक्रिया