रसुवाको हाकुमा खुकुरी प्रहारबाट एक युवा घाइते

विदुर खबर २०७६ असोज १३ गते ६:३४

रसुवा ।  रसुवाको हाकुमा खुकुरी प्रहारबाट एक युवा घाइते भएका छन् ।

Advertisement

घाइते हुनेमा आमाछोदिङ्मो गाउँपालिका–१ ठूलोहाकुका ३५ वर्षीय मिङ्मार सिङ्गी तामाङ छन् ।

टाउकामा गम्भीर चोट लागेका उनलाई उपचारका लागि एम्बुलेन्समा काठमाडौँ पठाइएको प्रहरी निरीक्षक हेमन्त थापाले जानकारी दिनुुभयो ।

Advertisement

 

खुुकुरी प्रहार गर्ने सोही ठाउँका ५६ वर्षीय सिंहबहादुर तामाङलाई प्रहरीले नियन्त्रमा लिएको छ ।

Advertisement

प्रतिक्रिया