राष्ट्रपतिले लिइन् ‘पदमुक्त’ प्रधानन्यायाधीश पराजुलीसँग शपथ

विदुर खबर २०७४ फागुन ३० गते १५:५३

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो कार्यकालका लागि पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छन् । भण्डारीले आज (बुधबार) अपरान्ह प्रधान न्यायाधीश गोपालप्रसाद पराजुलीबाट शपथ लिएकी हुन् । उनले ईश्वरका नाममा शपथ लिएकी छन् ।
यसैबीच प्रधानन्यायाधीश पराजुली पदमुक्त भएका छन् । न्याय परिषद् सचिवालयले प्रधानन्यायाधीश पराजुलीलाई बुधबार अपरान्ह अवकाश भइसकेको जानकारी गराएको हो ।
परिषदका तर्फबाट पराजुलीलाई बुझाइएको पत्रमा २०७४ साउन २१ गते नै अवकाश भइसकेको जानकारी दिइएको छ । पत्रमा परिषद्का सचिव नृपध्वज निरौलाले हस्ताक्षर गरेका छन् ।
न्याय परिषदमा रहेको पराजुलीको शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकतालगायतका कागजपत्रका आधारमा उमेर हदका कारण पराजुलीको कार्यकाल सकिएको परिषदको पत्रमा उल्लेख छ ।

Advertisement

प्रतिक्रिया