राष्ट्रपतिले लिइन् ‘पदमुक्त’ प्रधानन्यायाधीश पराजुलीसँग शपथ
विदुर खबर
२०७४ फागुन ३० गते १५:५३
काठमाडौं । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो कार्यकालका लागि पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छन् । भण्डारीले आज (बुधबार) अपरान्ह प्रधान न्यायाधीश गोपालप्रसाद पराजुलीबाट शपथ लिएकी हुन् । उनले ईश्वरका नाममा शपथ लिएकी छन् ।
यसैबीच प्रधानन्यायाधीश पराजुली पदमुक्त भएका छन् । न्याय परिषद् सचिवालयले प्रधानन्यायाधीश पराजुलीलाई बुधबार अपरान्ह अवकाश भइसकेको जानकारी गराएको हो ।
परिषदका तर्फबाट पराजुलीलाई बुझाइएको पत्रमा २०७४ साउन २१ गते नै अवकाश भइसकेको जानकारी दिइएको छ । पत्रमा परिषद्का सचिव नृपध्वज निरौलाले हस्ताक्षर गरेका छन् ।
न्याय परिषदमा रहेको पराजुलीको शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकतालगायतका कागजपत्रका आधारमा उमेर हदका कारण पराजुलीको कार्यकाल सकिएको परिषदको पत्रमा उल्लेख छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना










नुवाकोटसहित बागमतीका ६ जिल्लामा तामाङ र नेपाल भाषा प्रयोग विस्तारबारे अभिमुखीकरण
आगामी आर्थिक वर्ष नुवाकाेटकाे कुन स्थानीय तहलाई कति अनुदान ? (सूचीसहित)
रास्वपा बागमती प्रदेश अधिवेशन भोलि, सभापतिमा लामिछाने र अर्यालको प्रतिस्पर्धा
रास्वपा रसुवाको सभापतिमा वसन्त भट्ट निर्वाचित
नुवाकोटका १२ स्थानीय तहमा साढे ३ अर्बको बजेट, कुनलाई कति ? (विवरणसहित)





प्रतिक्रिया