लिखुमा आजदेखि जिल्लास्तरीय फुटवल प्रतियोगिता शुरु
विदुर खबर
२०७६ असोज ११ गते १६:४०

नुवाकोट । नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर 4 चौघडामा आजबाट जिल्लास्तरीय फुटबल प्रतियोगिता शुरु भएको छ ।
सुन्दर विहानी युवा क्लबको आयोजनामा भएको प्रतियोगितामा 15 क्लबको सहभागिता रहेको आयोजक सुन्दर बिहानी युवा क्लबले जनाएको छ ।
प्रतियोगिताको विजेताले एक केजी चाँदीको कप र नगद 10 हजार पाउने प्रतियोगिताका संयोजक शैलेश श्रेस्ठले जानारी दिए । त्यस्तै दोस्रो हुनेले आधा केजी सुन र 5 हजार रुपैया पाउने संयोजक श्रेष्ठले बताए ।
सम्बन्धित
प्रतिक्रिया