कृषि विकास बैंकको १ करोड ५६ लाख रुपैयाँ चोरी

विदुर खबर २०७६ असोज ८ गते ९:२९

नुवाकोट । कृषि विकास बैंकको १ करोड ५६ लाख रुपैयाँ चोरी भएको छ । ह्याकरको समूहले सिस्टम ह्याक गरेर रकम चोरी गरेको हो ।

Advertisement

नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले कृषि विकास बैंकको लहान शाखाबाट नौलो तरिकाले रकम लुटिएको पुष्टि गरे ।यसअघि एटीएम र स्विफ्ट ह्याक गरी रकम चोरी भएको थियो । तर, कृषि विकास बैंकमा भने यो भन्दा फरक तरिकाले रकम चोरी भएको पाइएको निरौलाले बताए ।

प्रारम्भिक अनुसन्धानमा १ करोड ५६ लाख देखिएको र बाँकी कुरामा अनुसन्धान चलिरहेको राष्ट्र बैंक जनाएको छ ।

Advertisement

प्रतिक्रिया