८ औ भंगेरी कप फुटवल प्रतियोगिता असोज २२ गतेबाट हुने

विदुर खबर २०७६ असोज ६ गते २१:२१

नुवाकोट । कन्यास्थान युवा क्लबको आयोजनामा ८ औ भंगेरी कप फुटवल प्रतियोगिता यहि असोज २२ गतेबाट हुने भएको छ ।

Advertisement

म्यागङ गाउँपालिका वडा नम्बर ६ पानीपोखरीमा हुने प्रतियोगिताको लागि टिम दर्ता खुल्ला गरिएको प्रचारप्रसार समितिका संयोजक पुर्णबहादुर  तामाङले जानकारी दिए । प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ,मेडल र प्रमाणपत्र तथा उपविजेताले ५० हजार रुपैयाँ मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागिताको लागि यहि २१ गतेसम्म टिम दर्ता गर्न सकिने तामाङले जानकारी दिए ।

प्रतियोगितामा अनुशासित टिम,उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट किपरलाई समेत मेडल र प्रमाणपत्र वितरण गरिने आयोजकले जनाएको छ ।

Advertisement

प्रतिक्रिया