डेंगु रोग नियन्त्रणका लागि रसुवामा सतकर्ता अभियान संचालन गरिने

विदुर खबर २०७६ असोज २ गते ७:४०

रसुवा । डेंगु रोग नियन्त्रणका लागि रसुवामा सतर्कता अभियान सुरु गरिने भएको छ ।

Advertisement

डेंगु रोग नियन्त्रण तथा रोकथामका लागि  जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाबीचको छलफल कार्यक्रममा सतकर्ता अभियान सुरु गरिने निर्णय गरिएको हो । सतकर्ता अभियान संचालनका लागि कार्ययोजना बनाइएको छ । नुवाकोट चितवनबाट धेरै आवतजावत बढेको हुदाँ जिल्लामा संभावित जोखिम क्षेत्र पहिचान गरिएको छ । जिल्लाको उत्तरगया गाउँपालिकाको खाल्टे, सल्लेटार, वेत्रावती, बोगटिटार, पैरेबेशी, माझगाउँ र मैलुङ, कालिका गाउँपालिकाको कालिकास्थान, धारापानी, बेतीनी, जिवजिवे र धुसेनी, नौकुण्ड गाउँपालिकाको भोर्ले, सरमथली र पारच्याङ, गोसाइँकुण्ड गाउँपालिकाको धुन्चे, भार्खु, स्याफ्रुबेशी र टिमुरे र आमाछोदिङ्मो गाउँपालिकाको गोल्जुङ र चिलिमे संभावित जोखिम क्षेत्र पहिचान गरिएको छ ।

रसुवामा अहिलेसम्म कसैलाई पनि डेंगु देखिएको छैन् । तर पहिचान गरिएका संभावित जोखिम स्थानहरुमा जिल्लाका स्थानिय तह तथा बिभिन्न संघसस्था सरोकारवालाको समन्वय तथा सहकार्यमा जनचेतना अभिबृद्धि गर्ने कार्ययोजना बनाइएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए । अभियान अन्तर्गत संभाबित जोखिम रहेका स्थानहरुमा पर्चा, पमप्लेट टाँस्ने, स्थानिय संचारमाध्यमबाट सुचना प्रवाह गरिने, माद्यामिक बिद्यालयमा रहेका बिद्यार्थीहरुमा जानकारी लगायतका जनचेतना अभिबृद्धि गरिने बताइएको छ ।

Advertisement

एडिस एजिप्टाई जातको लामखुट्टेको टोकाइबाट डेंगु संक्रमण र फैलने गर्दछ । बिशेष गरी दिउँसो सक्रिय हुने यो लामखुट्टेले सफा पानी जमेको ठाउँमा बस्ने र फुल पार्ने गर्छ । टायर र पानी जम्ने ठाउँमा बस्ने भएकाले त्यस्ता ठाउँको समेत पहिचान गरि सचेतनामुलक कार्यक्रमहरु गरिने बताइएको छ ।

प्रतिक्रिया