लाङटाङ राष्ट्रिय निकुन्जद्दारा किसानलाई राहत

विदुर खबर २०७६ भदौ २३ गते २०:४८

रसुवा । लाङटाङ राष्ट्रिय निकुन्जको कार्यालय रसुवाले वाली नोक्सान गरेको किसानलाई १ लाख १७ हजार शुक्रबार राहत प्रदान गरेको छ ।

Advertisement

जिल्लाको उत्तरगया गाउँपालिका वडा नं. ४२५ विमिरे ढुङ्गे मनीगाउँ बनुवा उपल्लो पौवा क्षेत्रका १३ किसानलाई उक्त रकम प्रदान गरेको हो । खेतवारीमा लगाइएका कृषि उपज निकुन्ज क्षेत्रका जनावर ले नोक्सान गरे वापत निकुन्ज क्षेत्रका जनावर ले नोक्सान गरे वापत निकुन्जले किसानका लागी भनेर राखेको राहत कोषबाट क्षतिपुर्ति वापतको राहत रकम प्रदान गरिएको निकुन्जका वन प्राविधिक केशवराज भेटवाल ले बताए ।

लाङटाङ राष्ट्रिय निकुुञ्जको जैविक विविधता संरक्षण प्रभावकारी हुँदै गएपछि वन जंगलको हराभराले वन्यजन्तुको संख्या वृद्धि हुदै जाँदा जनावरले आहारको खोजी मा रातीको समयमा खेतिपाती लगायतको ठाउँमा नोक्सान पुर्याउदै गएको स्थानिय किसानहरुको भनाई रहेको छ ।

Advertisement

त्यस्तै वन्यजन्तुबाट बालि नोक्सान गरे वापत नगद १० हजार पाउनेमा कालिक गलान, ठाकुर थिङ तामाङ, मानबहादुर सिह बुलुन तामाङ, कमलनाथ घिमिरे, देवमाया पौडेल, ध्रुव प्रसाद आचार्य, विर बहादुर बुलुन, किलादेवी लामिछाने रहेका छन ।त्यस्तै आठ हजार पाउनेमा बाल कृष्ण बुलुन र शेर बहादुर बुलुन रहेका छन । सात हजार पाउनेमा गोविन्द प्रसाद आचार्य तिल कुमारी आचर्य र गणेश प्रसाद आचार्य रहेका छन ।

प्रतिक्रिया